दिनभर तनाबग्रस्त पथरी सामान्यतर्फ उन्मुख, बजार र यातायात खुल्यो(भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

दिनभर तनाबग्रस्त पथरी सामान्यतर्फ उन्मुख, बजार र यातायात खुल्यो(भिडियो सहित)

फिपराज बेघा

पथरी । संघर्षरत पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि तनाबग्रस्त पथरी सामान्य हुदै गएको छ । अहिले बजार खुलेको छ । अबरुद्ध यातायात सुचारु भएको छ । नगर प्रमुख दिलिप कुमार राईले आन्दोलनकारीलाई सम्बोधन गर्दै संघर्षरत पक्ष र प्रहरी प्रशासनबीच वार्ता गर्न टोली गठन गर्ने सहमति गरेपछि विहान ९ बजे देखि बन्द रहेको राजमार्ग खुलेको हो । प्रमुख राई तथा उपप्रमुख यमुना वास्तोलाले दोषीलाई कडा भन्दा कडा कार्बाही गर्न लागि पर्ने बताएका छन् । इलाका प्रहरी कार्यालय प्रमुख कमल बजगाईले तीनदिन भित्र सत्यतथ्य बाहिरी ल्याउने प्रतिबद्धता जनाएका छन् । ३ दिनको अल्टिमेटम सत्य तथ्य बाहिरी लाउने बताइएपछि ३ दिनका लागि सङ्र्घर्षका कार्यक्रम स्थगित गरिएको सङ्घर्ष समितिकी संयोजक कविता पराजुलीले बताइन् ।

रिना हत्या प्रकरणमा दिनभर स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा आधा दर्जन बढी भएका छन् । स्थानीय र प्रहरी बीच झडप हुदा ढुङ्गा र अश्रुल ग्यास लागेर जित बहादुर लाओती, मन्जु पौडेल, सुदिप राई, गोपाल विक, ज्ञानेन्द्र विष्ट, सोमनाथ विक, सुमित्रा खतिवडा, कुल बहादुर थापा घाइते भएका छन् । लावतीकोे टाउकोमा चोट लागेको र पौडेललाई असुर ग्यासले निकै असर पुर्याएकोे भएता पनि पाँचै जनाको अवस्थाा सामान्य हुदै गएको पथरी हस्पिटलले जनाएको छ । पौडेल मनकामना साकोसकी कर्मचारी हुन् । प्रदर्शनको क्रममा घाइते राई र विकलाई थप उपचारको लागि नोवेल अस्पताल लगिएको छ । सुदिप राईको कानको पछाडि ४ ईन्च गहिरो चोट लागेको थियो । सोमनाथ विकको घुँडाको पाङ्ग्रामा चोट लागेको मोरङ हस्पिटलले जनाएको छ ।

स्थानीयवासीले ढुङ्गा प्रहार गरेको भन्दै प्रहरीले हवाइ फायर र दजनौं अश्रृग्यास प्रहार गरेको थियो । ट्राफिक विट नजिकैवाट प्रहार गरेको अश्रृग्यासले स्थानीय पथरी अस्पताल र कावेली अस्पतालमा उपचार गर्न आएका विरामी समेत प्रभावित वनेका थिए । अश्रुल ग्यासले कावेलीमा उपचाररत रहेका बिरामीको अवस्था अस्तव्यस्त बनेको सो हस्पिटलका सञ्चालक सन्तोष ढुङ्गेलले बताए । प्रहरीले हस्पिटल जस्तो संबेदनसिल ठाउँमा समेत असुर ग्यास प्रहार गर्दा बिरामीलाई असर परेको ढुङ्गेलले बताए ।

स्थानीयले मंगलबार विहानदेखि इलाका प्रहरी कार्यालय, पथरी शनिश्चरे नगरपालिकाको कार्यालय, पूर्व पश्चिम लोकमार्ग नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले बजारको अलबा नगरपालिका बन्द गराएका छन् । आक्रोशित स्थानीयबासले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा प्रहार गरेका छन् । प्रहरीले भने २ राउण्ड हवाइ फायर गरेको छ । रिनाको घट्नाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सोमबार संघर्ष समिति गठन समेत गरेका थिए । उद्योग बाणिज्य संघ पथरीकी पूर्ब बरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाएसँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोजे पछि स्थिति असामान्य बनेको थियो । संघले नगरपालिकालाई समेत ध्यानाकर्षण बुझाएका थियो । बैशाख ७ गते रिना बस्नेतको शंकास्पद घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको थियो । घटनाको हेलचेक्राई गरे संघले कडा कदम चाल्ने संघका अध्यक्ष दीपक बस्नेत र महासचिब अशोककुमार राईद्वारा जारी विज्ञप्तीमा भनिएको थियो । पथरीमा केहि समय अघिदेखि उद्योगी, व्यापारी नागरिक असुरक्षित महशुस गर्दै आएको, घटनाले अझ अपराधीहरु सक्रिय हुदै गएको पुष्टि भएको संघको ठहर छ ।

‘प्रहरीले सहमति पालना गरेन’ः नगर प्रमुख राई

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले प्रहरीले सहमति विपरीत आन्दोलनकारीलाई अश्रुग्यास प्रहार भएको आरोप लगाएका छन् । आन्दोलनको स्वरुप परिर्वतन गर्न सहमति गर्दै गर्दा प्रहरीले आक्रोशमा आएर प्रदर्शनकारीलाई अश्रृग्यास प्रहार गरेको राईले आरोप लगाए । प्रमुख राईले प्रदर्शनकारी र प्रहरीबीच वैठक वसी सहमति गरेको बारेमा जानकारी गराउन सम्वोधन गर्ने क्रममा प्रहरीले अश्रृल ग्यास प्रहार गरेको बताए ।

पथरीमा यस अघि स्थानीयबासी र शिविरबासी, युथ फोर्स र वाईसियल, सुकुम्बासी र प्रहरी बीच दोहोरो झडप भएको थियो ।

को हुन रिना ?

शनिबार बिहान नग्न अबस्थामा रुपा (रिना) बस्नेत मृत भेटिएकी थिइन् । तेह्रथुम घर भएकी उनी पथरीमा एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालन गर्दै आएकी थिइन् । २९ बर्षीया रुपा (रिना) बस्नेत पथरी शनिश्चरे १ मा डेरा गरी बस्थिन् । उनको श्रीमान सन्तोष बस्नेत बैदेशिक रोजगारको शिलशिलामा दुबई गएका थिए । घटना पत्तो पाए पछि श्रीमान सन्तोष बस्नेत पथरी आइपुगेका छन् ।

रिना पथरी शनिश्चरे जातेमोड (मोरङ) मा शुक्रबार राति आयोजित कन्सर्ट हेर्न भनेर छोरासँग निस्केएर कोठा फर्किएकी थिइन् । शनिबार बिहान मृत भेटिएकी रिनाको नग्न अबस्थामा घोप्टो परेर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको बलात्कार पछि हत्या हुन भएको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले घट्नाको अनुसन्धान गरिरहेको बताएका छन् । १४ बर्षीया छोरा साइममनको साथ दशक अघिदेखि पथरी बस्दै आएकी थियन् । मृतकको शब पोष्टमाटमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

एक पक्राउ

प्रहरीले पथरीमै व्यवसाय गर्दै आएका मोरङ जिल्लाको सुन्दर हरैचाका कमल नेपाललाई सोमबार साझ पक्राउ गरेका छन् । शुक्रबार राति नेपालले बारम्बार फोन गरेको छोराले बताएपछि कल डिटेको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित खवर