अदालतले दियो आक्षिक न्याय - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

अदालतले दियो आक्षिक न्याय

साइनो समचारदाता

पथरी । इलाका प्रहरी कार्यालय पथरीले छोरी बलत्कार जस्तो गम्भीर आरोपमा मुद्धा चलाएको ५९ बर्षिय व्यक्तिलाई अदालतले छाडेर आक्षिक न्याय दिएको छ ।

करिव एक दशक वैदेशिक रोजगारीमा रहेका व्यक्ति गत भदौमा घर आएका थिए । घर आउने बेलामा पत्निले लत्ता, कपडा, फर्निचर, थालभाँडा अन्त सारेर लुकाएकी थिइन् । पति घर आएपछि अन्त किन्ने भन्दै उर्लाबारी नगरपालिका क्षेत्रमा भएको घडेरी विक्री गराएपनि अर्को ठाउँ किनेन । जग्गा विक्रीको पैसा पत्नीले लिएका थिए । पति निरक्षर हुन् । पत्नीले पथरीको एक सहकारी संस्थामा रहेको ८ लाख रकम निकालेर अन्त सारेको देखिन्छ । घरको सरसामान, सरकारीको रकम अन्त सार्ने, जग्गा विक्री गरेर पैसा आफूले लिने कार्य गरिसकेपछि पतिसँग मिल्न नसक्ने भन्दै अदालतमा लगेर छोडपत्र लिएकी थिइन । यी घट्नाहरु हेर्दा पूर्व पत्निको तयारी सम्पूर्ण सम्पति कब्जा गरेर पतिसँग छाडपत्र गराउने र पतिलाई जेल पठाएर ऐलानि जग्गामा बनेको एक तले घरसमेत आफै कब्जा गर्ने नियत देखिन्थ्यो । त्यही योजना अनुसार आफ्नै छोरीलाई मुखमा किस गरेर वलत्कारको प्रयास भएको आरोप लगाएर छोरी उचाली इलाका प्रहरी कार्यालय पथरीमा मुद्धा दर्ता गराएका थिए । यद्यपि पूर्व पत्नीको हर्कत, धमलाको निरक्षर तथा इमान्दारिता लगायतको अवस्था नियालेर करिव ९९ प्रतिशत छरछिमेकीहरु पीडित पतिको पक्षमा थिए ।

धमला पक्राउ पर्नेसाथ ठूलो संख्यामा इलाका प्रहरी कार्यालय पथरी पुगेर इन्स्पेक्टर कमल बजगाईलाई पूर्व अध्ययन गरेर मात्र मुद्धा दर्ता गर्न अनुरोध गरेका थिए । यद्यपि प्रहरीले तुरुन्तै जिल्ला अदालत लगेर छोरी बलत्कार सम्बन्धी मुद्धा दर्ता गरेर निर्ममता पूर्वक धमलालाई जेल पठाउने गरी तयारी गरेको बुझिन्थ्यो । धमलाको पूर्वको आर्थिक प्रलोभनमा परेर प्रहरी अधिकृतहरुले छरछिमेकी र धमलाको आफन्तहरुको कुरै सुन्न नमानेको उल्टै अपमान गरेर प्रहरी परिसरबाट घोग्रयाएर बाहिर निकालेको पर्शुराम धमलाले बताएका थिए । यो बिषयमा मिडियाले पूर्व पत्नी र प्रहरी अधिकृतहरुको नियत बारे टिप्पणी गर्दै समाचार प्रकाशन गरेको थियो । प्रहरी कार्यालयमा आउने विभिन्न मुद्धा दर्ता नभएकोमा सेवाग्रहीको गुनासो हुनु र यो मुद्धामा सामान्य विवेक प्रयोग नगरी धमलालाई जेल पठाउने प्रयास गर्नु आफैमा प्रहरी अधिकृतहरुको नियतमाथि स्थानीयले शंका गरेका थिए । पतिको सम्पति कब्जा गर्ने र विभिन्न ठाउँमा सोही पैसा प्रयोग गरी पूर्व पतिलाई जेल पठाउन गरिएको प्रयासको चिरफार गर्दै समाचार प्रकाशन भएको थियो । छोरी बलत्कार प्रयास जस्तो गम्भीर आरोप लागेका उनलाई जिल्ला अदालत मोरङले आम्सिक न्याय दिएको छ । उनलाई मंगलबार ९चैत्र ३ गते० जिल्ला अदालत मोरङले धरौटीमा छाडेको छ । यस्तो गम्भीर प्रकृतिको मुद्धामा अदालतले कमै मात्र मान्छेलाई छाड्ने गर्दछ । बुधबार पथरीमा भेटिएका उनले आफूलाई अदालतले न्याय दिएकोमा खुशी ब्यक्त गरे ।
जिल्ला अदालतले छाडेपनि त्यो घरमा को बस्ने भन्ने बारेमा पथरीशिनिश्चरे नगरपालिको न्याय समितिमा बहस भइरहेको छ । पतिसँग अदालतमै छोडपत्र गरेका ती पूर्व पत्नी छोराछोरी आफैसँग राखेर सोही घरमा बस्ने प्रयास गरिरहेको बुझिएको छ । सम्पूर्ण सम्पति कब्जा गरेर पतिलाई जेल पठाउन प्रयासरत पूर्व पत्नीलाई त्यो घरमा राख्न नमिल्ने सम्पूर्ण छिमेकीहरुको मत रहेको छ । उनले विदेशमा रहेर पैसा कमाएका पत्नी पीडित पतिले उक्त धन सम्पति फिर्ता हुनु पर्ने माग राखेका छन् । सम्पति छोराछोरीको नाममा राखेर आमा बुबा दुवैजनालाई संरक्षक बनाएर छोरा १८ बर्ष नपुगेसम्म विक्री वितरण गर्न नपाउने व्यवस्था गरिए सामाजिक न्याय हुने देखिन्छ ।

सम्बन्धित खवर