राजेशकुमार राजबंशी
विराटनगर । नेकपा (नेकपा) केन्द्रीय सदस्य महेश रेग्मीले मानव जन्म लिई सके पछि सबैलाई सामान अधिकार हुनु बताएका छन् । अखिल नेपाल पिछड़ा वर्ग प्रदेश नम्बर १ ले आयोजना गरेको शुभ कामना आदान प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । जाति, धर्म, लिंगको आधारमा बिभेद गर्न गर्न नुहुने बताउँदै उनले पिछड़ा वर्गको छुट्टै आयोग हुनुपर्नेमा जोड दिएका छन् । महेश रायले पिछड़ाÞ वर्गको ५२ लाख जनसंख्या हुदा पनि पिछडा वर्ग आयोग नहुनु दुर्भाग्य रहेको जनाए । कार्यक्रममा मगही भाषा, सिरूवा, जुड़ीशितलको उपलक्ष्यमा सुन्दर सुतीहार छोटकरीमा बताएका छन् ।
विराट राजवंशी युवा अध्यक्ष कुशेश्वर राजवंशीले मधेशी समाजमा एकताको कमी रहेको बताए । पिछड़ा वर्ग नेपालका सचिब जयप्रकाश महतोले सञ्चालन गरिएको कार्यक्रम पिछडा वर्गृका नेपालका अध्यक्ष मदनकिशोर कामतको अध्यक्षतामा भएको थियो ।

















