देशमै पहिलोपटक पेन्सन बाढ्दै लर्डबुद्ध - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

देशमै पहिलोपटक पेन्सन बाढ्दै लर्डबुद्ध

गोपाल काफ्ले

पथरी । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि.पथरी शनिश्चरे मोरङले ७० बर्ष नाघेका आफ्ना सेयर सदस्यहरुलाई एक वर्षअघिदेखि पेन्सन बितरण गरिरहेको छ । पेन्सन कार्यक्रम नेपालमै पहिलो पटक सुरु गरेको सस्थाको दाबी छ ।

सहकारीले ६१ बर्ष नलाघेका ब्यक्तीहरुलाई सेयर सदस्य खुल्ला गरेको र ९ बर्षसम्म मासिक बचत गरी कारोवार गर्ने आफ्ना सेयर सदस्यहरु पेन्सन बितरण गर्न सुरु गरेको ब्यवस्थापक गणेश बाछान्ना राईले बताएका छन् । पेन्सनबाट ज्येष्ट नागरिक सेयर सदस्यले जीवनको उत्तरार्धमा सानो तिनो खर्चका लागि कसैको बाटो कुर्नु नपर्ने भएको छ । सहकारीले आफ्ना सेयर सदस्यको मन जित्न र भविष्यको सहारा बन्न खोजेकाले सहकारीमा सेयर सदस्य बन्नका लागि चाम बढेको ब्यवस्थापक राईको भनाइ छ । जेष्ट सदस्य र आम सदस्यमा लोकप्रिय बन्नुको कारण छोरा छोरी र ज्येष्ट सदस्यहरुले चाहेको साना तिना आधारभुत आवश्यकता पुरा गर्न नसकी रहेको अवस्थामा लर्ड बुद्धले पुरा गरिदिएकाले लर्ड बुद्ध सहकारी छोरा छोरी जस्तै बनेको सचिव महेन्द्र ढुङगानाले बताए । लर्ड बुद्ध सहकारीले गरेका कार्य सबैको नजरमा लोकप्रिय बन्दै आएको र ज्येष्ट सदस्यहरुको नजरमा त बुढेशकालको सहारा टेक्ने लौरो भएको अध्यक्ष धनराज राईले बताए । सस्थामा आबद्ध सेयर सदस्यले सन्तान भए पनि टाढा भएका र निःसन्तान जेष्ठ नागरिकहरुले आफु छोरा छोरीबाट टाढा भएको कहित्यै महसुस गर्नु नपर्ने भएको छ । सस्थाले छोराछोरी जस्तै जेष्ठ तिर्थाटन, केक काटेर जन्म दिन मनाउने, बार्षिक सम्मान, १ प्रतिशत बढि ब्याज प्रदान, मासिक बचत मिनाहलगायत जेष्ठ नागरिकको लागि बर्षमा ८ ओटा कार्यक्रम चलाउँदै आएको छ । संस्थाले ७० बर्षदेखि माथिका आफ्ना ११ जना जेष्ठ सेयर सदस्यहरुलाई मासिक ४ सयको दरले ३÷३ महिनामा १२ सय आजीवन भत्ता (पेन्सन) वितरण गर्दै आएको छ । हाल सस्थामा ११ जना जेष्ठ सेयर सदस्यले २०७४ बैशाखदेखि पेन्सन पाउदै आएका छन । भने २०७६ साल बैशाखदेखि मासिक रु.६००।– का दरले प्राप्त गर्ने छन ।

सम्बन्धित खवर