ग्रिल व्यावसायको केन्द्रिय अध्यक्षमा कटुवाल प्रदेश संयोजक पथरीका पौडेल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

ग्रिल व्यावसायको केन्द्रिय अध्यक्षमा कटुवाल प्रदेश संयोजक पथरीका पौडेल

कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको गुनासो व्यक्त गर्नुभयो ।


ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले सरकारले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानीमैत्री वातावरण बनाउन नसकेकै कारण देश पछि परेको पनि स्पष्ट पार्नुभयो ।

उपराष्ट्रपति पुनले सरकारको उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पनि स्मरण गराउनुभयो । उहाँले देशलाई समृद्ध बनाउन पनि उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने आवश्यक्ता पनि औंल्याउनु भयो ।

ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीतिसमेत तय गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले ग्रिल व्यवसायबाट देशको समृद्धिमा योगदान र्पुयाउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, संचारकर्मी, उध्योगी, ब्यावसायी  लगायतलाई सम्मान गर्नु भएको थियो ।

ग्रिल ब्यावसायी हरुको छाता संगठनले लामो समय देखि ग्रिल ब्यावसायीहरुलाई एक जुट पादै आउनु भएका ब्यावसायी मोहन कटुवाल निर्विरोध चयन गरेको हो । महासघको २५ औ वार्षिक साधारण सभा तथा ८ औ राष्ट्रिय महाधिवेसनले कटुवालको अध्यक्षतामा ३१ समिती सर्वसमत चयन गरेको छ ।
सघको वरिष्ठ उपाध्यक्षमा निरञ्जनकुमार श्रेष्ठ र प्रथम उपाध्यक्षमा ठुलो वावु श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै संघ उपाध्यक्ष तथा प्रदेश संयोजकमा टिकेन्द्र पौडेल (दिनेश), केदार अधिकारी, अमृत वहादुर श्रेष्ठ, लिला वहादुर खड्का, रुपेन्द्र बानिया शिव, ईश्वर खड्का, नारायण श्रेष्ठ, विष्णुमाया उचाही, रण वहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
सम्पन्न साधारण सभावाट महासचिवमा विवेकदास श्रेष्ठ, सचिवमा समसुदिन श्रेष्ठ, सह– सचिवमा भोजराज खड्का,कोषाध्यक्षमा कमलमान श्रेष्ठ र सह–कोषध्यक्षमा मोहन श्रेष्ठ निर्वाचित भएका छन् । भने सदस्यहरुमा १४ जना निर्वाचित भएका छन् ।

सम्बन्धित खवर