अनुसन्धानकर्तालाई नगदसहित सम्मान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

अनुसन्धानकर्तालाई नगदसहित सम्मान


साइनो समचारदाता

दमक । ‘माङसेबुङ’ मासिक पत्रिकाले शुक्रबार दमकमा राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनका खोज अनुसन्धानकर्ता रमेश तुम्बापोलाई नगदसहित सम्मान गरेको छ ।

पान्थर फिदिम–४ चोकमागु निवासी अनुसन्धानकर्ता तुम्बापोलाई बरिष्ठ साहित्कार तथा लेखक हरि चोङबाङले दोसल्ला ओढाएर १० हजार ७० रुपैया नगदसहित सम्मान–पत्रद्धारा कार्यक्रममा सम्मान गरेको हो । कार्यक्रममा कवि जीतेन पन्धाकले सम्मानित व्याक्तित्व रमेश तुम्बापोको खोज अनुसन्धानमार्फत फाल्गुनन्दको बारेमा नयाँ–नयाँ प्रसङ्गहरु अध्यन गर्न पाइरहेको बताए ।

सो अवसरमा किरात याक्थुङ चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य तथा कवि सेसेहाङ्ग फ्याक, कवि एबम् सञ्चारकर्मी सेसेमी नाल्बो, याक्थुम दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, कवि राजकुमार अनिश्चत, रिफ रेकडिङ स्टुडियो दमकका सञ्चालक टंक लिम्बु, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, आदीवासी जनजाति पत्रकार महासंघ झापाका उपाध्यक्ष देशराज नेम्बाङको उपस्थिति थियो । ‘माङसेबुङ मासिक पत्रिकाका व्यबस्थापक एबम् लेखक–रङ्गकर्मी बिक्रम बनेम फागो लिम्बुको अध्यक्षतामा महागुरु फाल्गुनन्दको ७०औं स्मृति दिवस तथा व्याक्तित्व सम्मान कार्यक्रम भएको थियो । रङ्गकर्मी फागोले अब प्रत्येक बर्ष महागुरु ज्युको स्मृति दिवशको अवसरमा सम्बद्ध क्षेत्रमा निरन्तर उर्जा्शिल खोज अन्वेषक कलमी हस्ताक्षर ब्याक्तित्वलाई सम्मान गर्दै लैजाने बताएका छन ।

सम्बन्धित खवर