पाथीभरा महोत्सवमा म्याराथुन हुने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

पाथीभरा महोत्सवमा म्याराथुन हुने


साइनो समचारदाता
ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिकालाई एक धार्मिक तथा पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य चैत २५ र २६ गते पाथीभरा महोत्सव २०७५ हुने भएको छ ।
सिरिजंघा गाउँपालिका वडा नं. ४ तेल्लोक सिंपेचु भञ्ज्याङ, ताप्लेजुङ मा पाथीभरा महोत्सव मूल समारोह समिति तथा सगरमाथा स्पोर्टिङ युवा क्लवले आयोजना महोत्सब हुन लागेको हो । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम समुद्घाटन हुने बताइएको छ ।
पुरूष म्याराथुन र स्थानीय कलाकारहरूको बेजोड साँस्कृतिक प्रस्तुति समेत रहने आयोजक संस्थाका अध्यक्ष अर्जुन भट्टराईले जनाएको छ । भट्टराईको अनुसार कार्यक्रमको पहिलो दिन विहान ७ बजे देखि सिंपेचु भञ्ज्याङको पाथीभरा मन्दिरमा सत्यनारायणको पूजापाठ र चण्डीपाठपछि कार्यक्रम उद्घाटन हुने वताएका छन् ।
आयोजकले कार्यक्रममा सहभागी जनाउनको लागि म्याराथुनको लागि ताप्लेजुङ जिल्ला भित्री ईन्ट्री शुल्क रू.३ सय तोकेका छन् भने जिल्लाबाहिरका सहभागीलाई निःशुल्क छ, । म्याराथुनमा प्रथम रासि नगद १५ हजार, दोस्रो १० हजार, तेस्रो ५ हजार, ट्रफि, प्रमाणपत्र छ, त्यसैगरि नृत्यमा प्रथमलाई ५ हजार, दोस्रो ३ हजार, तेस्रो २ हजार र गायनमा प्रथम १ हजार दोस्रो ५ सय नगद रहेको महोत्सवका संयोजक डिल्लीरमण गुरूङले जानकारी गराएका छन्

सम्बन्धित खवर