ओलि आउने भए पछि बन्यो पिच, नगरको बजेटमा मदन भण्डारीको रजाई (फोटो फिचर) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

ओलि आउने भए पछि बन्यो पिच, नगरको बजेटमा मदन भण्डारीको रजाई (फोटो फिचर)

साइनो समचारदाता पथरी / मोरङको उर्लावारी स्थित मदन भण्डारी प्रतिष्टानको २५ औ रजत महोस्वको उद्घाटन तथा कार्यकर्ता प्रशिक्षण्मा प्रधानमन्त्रि आउने भए पछि राता रात वाटो कालो पत्रे बनेको छ ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/yt8g08JCpRc” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

केही समय अगाडी सम्माननिय राष्ट्रपति आउदा कालो पत्र नभएको सो सडक प्रतिष्ठानले आफ्नो नियमित कार्य भएको भन्दै रातारात कालो पत्र गरेको हो । १३ गते बाटो बनाउन सुरु गरे पनि १५ गते बेलुका ९ बजे प्रइमर लगाएर १६ गते दिउसो ४ बजे पिच गर्न सुरु गरिएको छ । १७ गते प्रधान मन्त्री केपि ओली उक्त बाटो हुदै कार्यक्रममा सरिक हुनुहुने भएको छ । २४ घण्टा नवित्दै कालो पत्रे गर्ने कार्यले त्यो कालो पत्र कति टिक्ने हो भन्ने विषयमा स्थानिय चिन्तीत छन ।

 

 

      कालो पत्र नगरपलिको ११ लाख र मदन भण्डारी प्रतिष्ठानको १८ लाख ३८ हजार गरि कुल २९ लाख ३८ हजारको साझेदारीमा बन्दै गरेको प्रतिष्ठानका कार्यकारी निदेशक बिनोद अर्यालले बताए ।


कालो पत्र नगरपालिका र प्रतिष्ठानको साझेदारीमा बनेको भए पनि कालो पत्रेको विषयमा नगरले कुनै स्टमेट नगरेको र बनेको विषय आफुले पत्रकार द्धारा थाहा पाएको नगरपालिकाका इन्जीनियर रोशन उदाश श्रेष्ठले बताए ।
आफ्नो अनुकुल बाटो बनेको र बिकाश निमार्ण हुन मन्त्रीनै आउनु पर्ने रहेछ भन्दै स्थिानिय चिन्तति बनेका छन ।

एक स्थनाीयले भने यस्तो रातारात २४ घण्टा नबिदै बनेको निमार्णकार्य कति नि टिक्ने हो भन्दै गुनासो गरेका छन । विकाश र समृद्धिको नारा वोकेको ओली सरकार र ओली आउदा मात्रै यसरी राता रात बाटो कालोपत्रे गर्दा विकाश र समृदि जनताको आखामा छारो हाल्ने नारा भएको स्थानिय बताउँछन् ।


महेन्द« राजमार्ग देखी दक्षिण शनिश्चरे वजार सम्मको लगभग ३०० मिटर लामो सो सडक निर्माण गरिएको छ । प्रतिष्ठनका कार्यकारी निर्देशक विनोद आर्यालले बाटोको बिषयमा प्रधान मन्त्री आउने भएर निमार्ण गर्न लागिएको हैन र अलकत्र छरेको २४ घण्टा र कालो पत्र गरेको २४ घण्टामा प्रयोग गर्न मिल्लने वताए ।

यता २४ घण्टा राख्दा शनिबार ४ बजे गरेको कालो पत्रले भोलि ओली हिड्न नमिल्ने होकी भन्न अर्यालको भनाईले नै पुष्टी गर्छ ।
प्रतिष्ठानको मातहतमा वनेको उपभोक्ता समितिले नगरपालिका सग कुनै पनि प्रकारको समझौता नगरी काम थालेको सुन्नमा आएको उर्लावारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद भट्टराई ले वताए ।
कालोपत्रे निर्माण समितिले नगरपालिकाको कार्यदेश नलिई काम अगाडी वढाएको टेलिफोन सम्पर्कमा भट्टराईले बताएका छन ।

 

सम्बन्धित खवर