नेविसंघ कार्यकर्ताद्वारा पत्रकार माथि कुटपिट - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

नेविसंघ कार्यकर्ताद्वारा पत्रकार माथि कुटपिट

साइनो समचारदाता । नेपाली काङ्ग्रेस निकट बिद्यार्थी संगठन नेविसंघका कार्यकर्ताद्वारा एक पत्रकार माथी निर्घात कुटपिट भएको छ। सुन्दरहरैचा स्थित सुकुना कलेजको विवादलाई लिएर नेविसंघले गरेको बिरोध प्रदसनको समाचार संकलन गर्न शुक्रबार बिहान गएका उज्यालो प्रदेशका पत्रकार निकेश बराल माथी नेविसंघका कार्यकर्ताले कुटपिट गरेका थिए। मोबाइलबाट तस्बिर र भिडियो खिचिरहेका पत्रकार बरालले आफू पत्रकार भएको अवगत गराउदा गराउदै पनि आफू माथी नेविसंघका कार्यकर्ताले दुर्ववहार र कुटपिट गरेको बताए। पीडित बरालले शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय बेलबारीमा नेविसंघ मोरङ क्षेत्र नंः३ का सभापति होमनाथ पोख्रेल र नेपाल तरुण दल मोरङका कोषाध्यक्ष नवीन रिजाल विरुद्ध किटानी जाहेरि दिएका छन । कुटपिटबाट पत्रकार बरालको टाउको सुनिएको छ भने हातमा चोट लागेको छ। घटना पछि उज्यालो प्रदेशले एक बिज्ञपती जारी गर्दै घटनाको भर्सना गर्दै दोषी उपर कार्वाहिको माग गरेको छ।

सम्बन्धित खवर