साइनो समचारदाता / मोरङको पथरीशनिश्चरे—१० मा रहेको सरिजंगा स्मृती धार्मिक वनमा बिबाद बढेको छ । एक नेतृत्व समुहले चैत १३ गते गोप्य छलफल गरि नयाँ नेतृत्व चयन गरेको थियो भने त्यको भोलि पल्टै अर्को युयवा समुहले पत्रकार सम्मेलन गरि चुनावी प्रकृयाबाट नेतृत्व गयन गर्न माग गरेको छ ।
२०७२ सालमा दर्ता भएको धार्मिक वनको करिव २४ विगाहा क्षेत्रफल रहेको छ । वनमा लिम्बु समुदायको १६६ घर उपभोक्ता मात्र रहेको छ । नगरमा ७ हजारभन्दा बढी लिम्बू समुदाय भएपनि १६५ जनाको मात्र उपभोक्ता समिती बनाएर मनोमानी गरिएको उपभोक्ता उपेन्द्र लिम्बूले बताए ।
वनको गत माघ २१ गते तेस्रो साधारण सभाको खुल्ला कार्यक्रम भएको थियो बन्द सत्रमा तिन उपाध्यक्षको लागि छ जनाको मनोनयन परेसँगै विवाद उत्पन्न भएको थियो ।
सो दिन कसैले दावि नछाडेपछि माघ २५ गते निर्वाचन तोकिएको थियो । सो दिन उपाध्यक्ष मनोनयन भएकैहरु मध्येबाट अवरोध भएपछि निर्वाचन रोकिएको थियो ।
नयाँ समितीले बिधान बिपरित निवाचन प्रकृयामा नगई आफुखुसी समिती चयन गरेको भन्दै यस्तो हरकत नसुधारे आफुहरु अदालत, पथरीशनिश्चरे नगरपालिका र वन कार्यालयमा मुद्धा लगाउने जाने उपभोक्ताले बताएका छन ।
१३ गते बुधबार निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले ३ जना उपाध्यक्षसहित २२ जनाको समिति घोषणा गरेपछि विवाद झनै चर्किएको छ । निर्वाचन प्रकृयामा भाग लिएका उपाध्यक्ष टेकिन्द्र लिभाङ लिम्बूले घोषित समिति विधान विपरित भएकोले आम उपभोक्ता समितिको माग अनुसार अर्को समिति गठन गर्नु पर्ने माग गरेका छन् ।
विधानमा दुई उपाध्यक्ष मध्ये एक महिलाहुनु पर्ने उल्लेख भएपनि पनि ३ जना बनाइएको र महिला उपाध्यक्ष कोटामा शन्तोष लिम्बूलाई उपाध्यक्ष बनाएको टेकिन्द्र लिभाङ लिम्बूले बताए ।
साधारण सभाले दुई उपाध्यक्ष पास गरेपनि सो विधान विपरित ३ बनाएको र महिलाको कोटामा पुरुष नै बनाएको लिम्बूले बताए । निर्वाचन समितिको प्रकृया अनुसार छ जना उपाध्यक्ष मध्ये आफूले पनि उमेद्वारी मनोनयन गरेको तर निर्वाचन नगराई तीन जनालाई मनोमानी ढंगबाट नाम घोषणा गरेको लिभाङको भनाइ छ । अवैध समितिलाई खारेज गरेर आम उपभोक्ता समितिको सहमतिमा तदर्थ समिति गठन गरेर वन संरक्षण गर्ने लिभाङले बताए ।
पत्रकार सम्मेलनमा उपभोक्ता केवि लिम्बू, नव समितिको सदस्य रोशन थक्लङ लिम्बू लगायतको उपस्थिति थियो ।
यता निर्वाचन समितिको संयोजक लोकसागर साम्बाले वन समितिको अध्यक्षमा गंगाप्रसाद साँवा, सचिव प्रेमकुमार वनेम, सह—सचिव केशव कुरुङ्वाङ, देउमान लिम्बू, कोषाध्यक्षमा खिनामाया लिम्बूलाई बुधबार सफत खुवाइएको बताए ।