हत्या गरि फालिएकी रमिलाको २७ दिन पछि अन्तिम सस्कार (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, जेठ १३, २०८१

हत्या गरि फालिएकी रमिलाको २७ दिन पछि अन्तिम सस्कार (भिडियो सहित)

साइनो समचारदाता / नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालिएकी मोरङको बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या भएको २७ दिनपछि अन्तिम संस्कार गरिएको छ ।

         बुधबार कोशीमा बोरामा हातखुट्टा बाँधिएको अबस्थामा भेटिएकी रमिलाको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पछि बिहिबार स्थानीय देबिथान सामुदायिक बन उपभोत्ता समुहको जंगल क्षेत्रमा अन्तिम दाहसंस्कार गरिएको हो ।
उनको अन्तिम बिदाईमा उनका आफन्त शुभचिन्तक र छरछिमेकीको बाक्लो उपस्थीत रहेको थियो । गत फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै बोरामा बाधेर फालेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले रमिलालाई आफुले हत्या गरि कोसी ब्यारेजमा फालेकोे स्वईकारेका छन ।
बुधबार बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा कोशिमा रमिलाको शव फेला परेको थियो । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको छ ।
एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै प्रेमी भनिएका योगेन्द्र गुरुङले आफूले हत्य गरेको स्वीकारेका थिए । बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ ।
आज २७ औ दिनमा रमिलाको शव पोष्टमार्टम गरि अन्तिम दाह सस्कार गरिएको छ । बेलुका घरबाट अरुबेला झै घरबाट योगेन्द्र संग दिदी गएको तर ३ दिन सम्म पनि नआए पछि खोजि गर्दा योगेन्दैले हत्या गरेको परिवार र स्थानीय बताउछन ।
यता आमा आउने आसमा रमिलाकी ७ वर्षीय छोरी भने कुरिरहेकी छीन । लामो समय श्रीमानबाट अलग भएकी रमिला ४÷५ बर्ष देखि माईत बस्दै आएकी थिन । तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङको रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती र दुई छोरा भने काठमाडौंमा बस्दै आएका छन् ।
रमिला फागुन १७ गते शुक्रबार देखि गुरुङको साथमा घरवाटै गएको र १८ गते शनिवार हराएको सूचना प्रहरीले पाएपछि गुरुङलाई इलामबाट पक्राउ गरेको हो । १८ गते रमिला घर नर्फिएपछि बेपत्ता भएको भन्दै आफन्तले प्रहरीलाई खवर गरेका थिए ।

सम्बन्धित खवर