क्याम्पसमा झडप, सभापतिसहित चार घाइते - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

क्याम्पसमा झडप, सभापतिसहित चार घाइते

साइनो समचारदाता
सुन्दरहरौचा । मोरंगको सुन्दर हरौचास्थित सुकुना बहुमुखी क्याम्पसमा झडप भएको छ । बुधबार विद्यार्थी संगठनबीच झडप भएको हो ।


झडपमा नेबिसंघ सुकुना बहुमुखी क्याम्पसका सभापति विजय तोलाङगी, सचिब समीर सम्राट, सदस्य जीवन बस्नेतनेबि संघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल घाइते भएका छन । संयुक्त संघर्ष समितिले शिक्षकहरूले लिएको दोहोरो सुविधालगायत ६ बुदे मागको विषयमा भएको शान्तिपूर्ण आन्दोलनमा झडप भएको बताइएको छ । शान्तिपुर्ण आन्दोलनमा अखिलले आक्रमण गरेको नेवि संघले जनाएको छ । क्याम्पस प्रमुख लक्ष्मी श्रेष्ठ कार्यकक्षमा नभेटेपछि धर्नामामा बसिरहेको बखत स्वविय सभापति सन्तोष लिम्बुसहितको टिमले भनाभन भएपछि स्थिति असामान्य बनेको थियो ।

संयुक्त संघर्ष समितिको मागहरु
१.शिक्षा ऐन विपरीत शिक्षकहरुले दोहोर स’विधा बन्द गर्नुपर्ने
२.इलाइबेरीको तत्काल व्यवस्था गर्नुपर्ने
३.क्याम्पस बस सन्चालन गर्नुपर्ने
४.खेलकुद शुल्क तत्काल घटाउनुपर्ने,
५.साइन्स ल्याबमा पर्याप्ट सामागीहरुको व्यवस्था गर्नुपर्ने
६.स्टुडेन्ट वेलफेयर फि घटाउनुपर्ने

मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो सुविधा लिने गरेको पाइएको छ । सुकुना क्याम्पसमा सामुदायिक विद्यालयका स्थायी शिक्षक बलराम पोखरेल, गणेश दाहाल, नारायण गौतम, खगेन्द सुवेदी, महेश रेग्मी, गुरुप्रसाद अधिकारी, ठाकुर सुवेदी लगायत १९ शिक्षकले यस्तो सुविधा लिइरहका छन ।
१९ जनामध्ये पञ्चायत मावि गोठगाउँका प्राचार्य गुरुप्रसाद अधिकारी र शिक्षा निकेतन माविका प्राचार्य ठाकुर सुवेदीले पनि सुकुना क्याम्पसबाट सुबिधा लिइरहेका छन् । सुवेदी क्याम्पसमा गणित विभाग प्रमुख छन् भने अधिकारी अंग्रेजी विभाग प्रमुख छन् । सामुदायिक विद्यालयका स्थायी शिक्षक रहेका उनीहरू बिहान सुकुना क्याम्पसमा पढाउने र दिउँसो दरबन्दी भएको सामुदायिक विद्यालयमा जाने गरेका छन् ।

विद्यार्थी, स्थानीय नागरिक र सम्बन्धित निकायले पटकपटक खबरदारी गर्दा पनि दोहोरो सुविधा नछाडेकोले आन्दोलन गर्नुपरेको नेबि संघ सुकुना क्याम्पस इकाई सभापति बिजय तोलाङ्गीले बताए । दुइ स्थानबाट सञ्चयकोषमा रकम जम्मा नहुने भएकाले उनीहरूले क्याम्पसबाट कोषमा कट्टी हुने १० प्रतिशत र राज्यबाट थप हुने रकम तलबमा गाभेर लिने गरेको क्याम्पस स्रोतले जनाएको छ ।


क्याम्पस प्रमुख लक्ष्मी श्रेष्ठले आफुले दोहोरो सुबिधा लिएको स्विकार्दै शिक्षा विभागको स्वीकृति र क्याम्पस व्यवस्थापन समितिको सहमतिमै दोहोरो पूर्णकालीन सुविधा लिएको दाबी गरे । वैशाखदेखि विद्यालयबाट बेतलबी बिदा लिएर वा राजीनामा गरेर दोहोरो सुविधा लिन छाड्ने श्रेष्ठले बताए । उनी सुकुना माविका प्राचार्य समेत हुन् । उनले दुवै संस्थाबाट तलब लिने गरेका छन् ।
सुन्दरहरैंचा नगरपालिका अन्तरगतको शिक्षा शाखाले पनि शिक्षकहरुले लिने दोहोरो सुबिधा रोक्ने पहल थालेको छ । तर नियमविपरीत दोहोरो सुविधा नलिन निर्देशन दिँदा सुकुना क्याम्पसबाट दोहोरो सुबिधा लिइरहेका शिक्षक मध्ये केहीले आफूलाई रोल्पा सरुवा गरिदिने चेतावनी दिएको सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा अधिकृत सन्तोष बरालले बताए । नियमविपरीत सुविधा नलिन पटक पटक आग्रह गर्दा उल्टै धम्की आएको बरालले बताए । सामुदायिक विद्यालयमा कार्यरत रही दोहोरो सुबिधा लिने शिक्षकहरुको अब उप्रान्त तलब निकासी गर्दा शिक्षा शाखाले हस्ताक्षर नगर्ने र आउँदो चौमासिक तलब रोक्का गरिने उनले दाबी गरे ।

सम्बन्धित खवर