साइनो समचारदाता
सिन्धुपाल्चोक । जिल्लाको भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट भएको छ । सोमबार साझ भएको विस्फोटबाट हुँदा चार जनाको मृत्यु भएको छ ।
बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार ग्यास सिलिण्डर बिस्फोट भएर दुर्घटना भएको हुनसक्छ । घटनाको घटनाको विस्तृत विवरण आएको छैन ।