दमक (झापा) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई विध्वंशात्मक गतिविधि रोक्न सरकारले प्रतिबन्ध लगाएको प्रति पक्ष र विपक्षमा बहस भैरहेको छ । नेपाली कांग्रेसका नेता भिष्मराज आङ्देम्बे भने विप्लपको पार्टीलाई सरकारले प्रतिबन्द नलाई राजनैतिक ट्रिटमेन्ड गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘प्रतिबन्द लगाएर हल निस्कदैन, विप्लब जी को पार्टीलाई राजनैतिक रुपमा ट्रिटमेन्ड गर्नुपर्छ ।’
दमक झापामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङदेम्बले अदालतले गर्ने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए । सरकारले सहयोग मागेको प्रति उनले केके मा सहयोग प्रतिपक्षीको चाहिएको हो भन्नुपर्यो? प्रतिपक्षी दल काँग्रेसले सरकारलाई सहयोग गर्ने, गरिरहेको बताए । नेता आङ्देम्बेले दुई तिहाईको सरकारले मुलुकमा अस्तव्यस्त पारिरहेकाले जनतामा निराशा पलाएको बताए । ‘कुन बेला कहाँ के भइरहेको छ ? हरेक भूगोलमा हत्या हिंसा आतंक मच्चिरहेको छ । निर्मला पन्तको जस्तो हत्या घट्ना अनेकौ घटेको छ ।’ उनले भने, ‘राज्यको उपस्थिति छैन । यसले राज्य आतंक सिर्जना भइरहेको छ ।’ संविधान सम्पत्तिको रुपमा आएपनि संम्झौताको नाममा सरकारले उदण्ड मञ्चाइरहेको पाँन्थरबाट पार्टीको काम सकेर फर्किएका नेता आङ्देम्बेले बताए ।