साइनो समचारदाता
इलाम । एक महिना समयवधि लगाएर माङ्सेबुङ इलामका महिलाहरुले ढाका खाडी कपडा बुन्ने सीप सिकेका छन् ।
माङ्सेबुङ ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राइको प्रमुख अतिथिमा भएको कार्यक्रममा माङ्सेबुङका ६ जना बयोबृधहरुलाई ढाकाको दाउरा सुरुवाल, चौबन्दी चोलो बितरण गरेको थियो । फागुन १० गतेदेखि सुरुभएको तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो । वडा शिलिङ्बाट २ लाख रकम बिनियोजित कार्यक्रममा आयोजकको तर्फबाट वडाका प्रमुख अतिथी अध्यक्षलाई समेत ढाकाको दाउरा सुरुवालको मायाको चिनो समेत प्रदान गरेको थियो ।
प्रशिक्षक ढाका कपडाका दक्ष अनुभवी ठटबहादुर पन्धाकले सहजीकरण गरेको थियो ।