ऋषि राई
बेलबारी। संघीय समाजवादी फोरम नेपाल बेलबारी, मोरङको दोस्रो नगर अधिवेशन आइतबार सम्पन्न भएको छ ।
संघीय समाजवादी फोरम, नेपालको आसन्न राष्ट्रिय महाधिवेशन आगामी बैशाख २८, २९, ३० मिति नजिकिदै गर्दा स्थानीय तह वडा र नगर अधिवेशनले तीब्रता पाएको छ । दोस्रो नगर अधिवेशनबाट तिलक राई निर्विरोध निर्वाचित भएका छन । उपाध्यक्षमा शान्ता मोक्तान तामाङ, सचिव अमिर मगर, सहसचिव सुसिला राई, सदस्यहरुमा रणबहादुर गुरुङ, इन्द्रलक्ष्मी विक, सुमन पान्धक लिम्बु, दल बहादुर राई , भक्त बहादुर राई, अन्जु राई, बिजु सुब्बा, राम बाबू चौधरी, धनराज धिमाल, लिला राई, राम राई सहित १७ सदस्यीय नगर समिति चयन भएका छन ।
कार्यक्रमका प्रदेश १ सचिव केदार धिमाल, मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, मोरङ उपाध्यक्ष केसरमान गुरुङ, केन्द्रिय सदस्य भुराज राई, संघीय प्रेस फोरमको प्रदेश नम्बर १ का मूख्य सचिब अजित धिमाललगायत जिल्ला नेताहरु को उपस्थिति रहेको थियो । कार्यक्रमका पार्टीका उपाध्यक्ष युवराज कार्कीले अबको बैकल्पिक शक्ति भएको र देश बनाउने नीति, सिद्धान्त र अठोट संघीय समाजवादी संग मात्र भएको बताए । कार्कीले न्याय, समान्ता र समाताका लागि लडने सम्पूर्ण शक्ति एक ढिक्का भएर अगाडि बढनु पर्ने जोड दिए। ।