२०७५ साल एस ई ई परिक्ष आजबाट देशै भर सुरु भएको छ । पहिलो दिनको अंग्रेजी बिषयको परिक्षामा मोरङको पथरी शनिश्चरेबाट ११ सय ४७ बिध्यार्थी सामेल भएका छन ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने बताएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भएको एस ई ई चैत १० बाट सुरु भएर चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित ग्रेडवृद्धि द्धारा हुने परिक्ष नियन्त्रण कार्यलयले जनाएको छ ।
एस ई ई परिक्षाको सुरक्षाका लागि नेपाल प्रहरीले प्रदेश नं. मा ३२ सय ६, जिल्लामा ७ सय ७२ र पथरीशनिश्चरेमा ४५ जना सुरक्षकर्मी परिचालन गरेको प्रदेश नं. १ प्रहरी कार्यलयले जनाएको छ भने सस्त्र प्रहरीले प्रदेश नं. १ मा १४ सय ६७, मोरङ जिल्लामा ३ सय ८ जना र पथरीशनिश्चरेमा २८ जना सस्त्र प्रहरी सुरक्षाको लागि परिचालन गरेको सस्त्र प्रहरी बल १ नं. प्रदेश कार्यलयले जनाएको छ ।
पहिलेको तुलनामा माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको महत्व घट्दै गएको पञ्चायत मा. बि. का प्रध्यानध्यापक अर्जुन बुढाथोकीले बताउनु भयो । बुढाथोकीले भने ग्रेड सिस्टम र आफु अनुकुल सेन्टर माग्दा पाईनेले प्रबिधिले एस ई ई को महत्व कम हुँदै गएको बताउनु भयो ।
पहिलो दिनको परिक्षमा बिध्यार्थीहरु भयरहित बातावरणमा परिक्ष दिरहेको तर पहिलाको जस्तो अभिभावको सरथ र सहयोग नदेखिएको सिह बाहिनी मा. वि.का प्रध्यानध्यापक जगत मणी गौतमले बताए ।
पथरीशनिश्चरेको परिक्षा केन्द्रमा बिध्यार्थी र परिक्षको अवस्था बुझन्न नगर प्रमुख सहित पथरीशनिश्रे शिक्षा अधिकारी दुर्गा सिक्देलले अनुगमन गरेका छन । अनुगमनका क्रममा कुनै समस्या नरहेको अनुगमन टोलिले बताए ।
पथरीशनिश्चरे नगरका पाँच परीक्षा केन्द्रहरुमा ११ सय ५५ बिध्यार्थीले एस ई ई को फम भरे पनि ११ सय ४७ जनाले परिक्ष लेखेको जस्मा १ जना बिरामीले सहयोगि राखेर परिक्षा छन भने ८ जना बिध्यार्थी परिक्ष लेखन नआएको पथरीशनिश्रे शिक्षा अधिकारी दुर्गा सिक्देलले बताए ।