पथरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नं. ७ मा बा ११ च ७९४८ नं. को टाटा सुमो दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । ९ जना सवार मध्यै २ जना गम्भीर घाईते भएका छन भने ५ जना समान्य घाईते भएका छन ।
शनिवार बिहान अन्दाजी ४ बजेको समयमा पूर्व पश्चिम लोकमार्गको जंगल एरियामा सो दुर्घटना भएको थियो । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना. ३ ख ६९१८ नम्वरको मालबाहक कन्टेनरमा पछाडिबाट आएर ठोकिदा घटना स्थलमै १ जनाको मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगर मृत्यु भएको ईलाका प्रहरी कार्यलय पथरीले बताएको छ । मृत्यु हुनेमा झापा गौराहद नगरपालिकाका बर्ष ४५ का प्रकाश मगर, झापा अर्जुनधाराका ४ का बर्ष ४७ का रामकुमार अछामी रहेका छन । गम्भीर घाईलेहरुमा झापा गौराहदकी बर्ष १४ की प्रबिता मगर, दुर्गा मगर रहेका छन । दुर्घटनामा परेका अन्य ५ जनालाई समेत न्यूरो अस्पतालमा उपचार भैरहेको छ । सामान्य घाईतेहरुमा झापा गौराहदका योगेस न्यौपाने, बबिता मगर, काभ्रेका रमेश तामाङ, पाँचथर मिक्लाजुङका हरिप्रसाद नेङवाङ र झापा दमकका सुमो चालक कुल बहादुर रेग्मी रहेका छन ।
घटना पछि तत्कालै पथरी ईलाकाको गस्ती प्रहरी टोलिले सम्पूर्ण घाईतेहरुलाई उद्दार गरेको थियो । काठमाडौबाट झापा तर्फ आउदै गरेको सुमो सोहि दिशाबाट आउदै गरेको कन्टेनरको पछाडि ठोकिदा सुमोको छट नै छरेको थियो । दुर्घटनामा मृत्यू भएका रामकुमार आछामीको उर्लाबारीको मंगलबारे अस्पतालमा राखिएको छ भने प्रकाश मगरको न्यूरो अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।