प्रदेश सरकारले विजेता र उपविजेता खेलाडीलाई जनही १ लाख दिने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

प्रदेश सरकारले विजेता र उपविजेता खेलाडीलाई जनही १ लाख दिने


साइनो समचारदाता

विराटनगरर । पाँचौ साफ महिला च्याम्पियन फुटबल प्रतियोगिताको विजेता भारत र उपविजेता नेपाललाई १ नम्बर प्रदेश सरकारले जनही १ लाख दिने नगद दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले खेलाडीहरुको प्रोत्साहन स्वरुप प्रदेश सरकारले जनही एक लाख नगद उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । प्रवक्तासमेत रहेको मन्त्री कार्कीले नेपाली राष्ट्रिय टिमका खेलाडी अथक मेहनथ तथा प्रतिस्पर्धामा खेलेको भूमिका प्रशंसा योग्य मानेका छन् ।

भारतले पाँचौ पटक उपाधि रक्षा गर्यो

पाँचौ साफ महिला च्याम्पियन फुटबल प्रतियोगिताको उपाधि भारतले हात पारेको छ । शुक्रबार विराटनगरको शहिद मैदानमा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ३–१ को गोल अन्तरले स्तब्ध पार्दै लगातार पाँचौ पटक उपाधि हात पारेको हो ।

भारतको जितमा डालिमा छिब्बर, ग्रेस दाङ्गमे र अञ्जु तामाङले समान एक–एक गोल गरिन् । यता पराजित टोली नेपालका लागि भने साबित्रा भण्डारी ‘साम्बा’ले एक गोल फर्काइन् । खेलको भारतकी डालिमा छिब्बरले २६ औँ मिनटमा ३५ यार्ड टाढाबाट गरेको फिकि प्रहारलाई नेपालकी एन्जीला तुम्बमपो सुब्बाले जज गर्न नसक्ता बलले जाली चुमेको थियो भने ३३ औँ मिनटमा नेपालकी सावित्रा भण्डारीले हेडिङमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । उनले अनिता बस्नेतले दिएको पासलाई सदुप्रयोग गदैृ गोल गरेकी थिइन् । तर दोश्रो हाफमा भारत हाबी भयो । नेपालको पोष्टमा निरन्तर प्रहार गर्दै दवाब भारत दवाब बढायो ।

६२ औं मिनेटमा ग्रेस डाङ्गमेले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । ७७ औं मिनेटमा भारतकी अन्जु तामाङले गोल गर्दै ऐतिहासिक सफलतातर्फ डोर्होयाइन्। त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र भारत ३–१ गोलले विजयी भयो ।

निकै प्रतिस्पर्धात्मक भएकोे खेलको नेपाल पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल फेरी उपविजेतामा चित्त बुझाउँने पर्यो । खेलमा भारत तर्फकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन भने खेल अवधिमा सर्वा्धिक ४–४ गोल गर्ने नेपाली खेलाडी सावित्रा भण्डारी र भारतकी इन्दुमति कथिरेशन सर्वा्धिक गोल गर्ने खेलाडीको रुपमा घोषित भए । यसैगरी, बङ्गलादेशलाई अनुशासित टिमको रुपमा पुरस्कृत गरियो ।

फागुन २८ गते देखि प्रतियोगिता सुरु भएको थियो ।

सावित्राले रचिन इतिहास
पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा २२ वर्षकी सावित्रा भण्डारी भारतविरुद्धको खेलमा पहिलो हापमा गरेको गोलसँगै सावित्राले नयाँ इतिहास रचेकी छिन् ।

सम्बन्धित खवर