द्वन्द प्रभावितको कार्यक्रम - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

द्वन्द प्रभावितको कार्यक्रम

साइनो समचारदाता

पथरी । पथरीशनिश्चरे (मोरङ) नगर क्षेत्रमा रहेका द्वन्द प्रभावितहरुले नगरपालिकाले आफ्नो जीवनका लागि दिगो रुपमा सहयोग पुग्ने कार्यक्रम बनाउनु पर्ने वताएका छन् ।

कुर्भे वेस्ट्रोको सहयोगमा मानव अधिकारका लागि एकल महिला समूहले पथरीशनिश्चरे नगरमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा समूहकी अध्यक्ष रीता गिरीले नगरले द्वन्द प्रभावितको जीवनउपयोगी योजना बताइन् । द्वन्द प्रभावित महिलाको सत्य तथा मेलमिलाप आयोगद्धारा न्यायमा पहुँच सम्वन्धि अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले द्वन्द प्रभावितहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि योजना बनाउने बताए ।

उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला लक्षित कार्यक्रमको सीपमुलक तालिमहरुमा सो समूहका महिलालाई सहभागि बनाएर लाने प्रतिवद्धता जनाइन् । सो समूहको विराटनगर महानगरपालिका तथा सुन्दरहरैंचा, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिकामा शाखा छ । प्रदेश नम्वर १ मा द्वन्द प्रभावितको १ हजार ५ सय वटा उजुरी परेको तथ्यांक छ ।

सम्बन्धित खवर