साइनो समचारदाता/ राष्ट्यि प्रशारण लाइनको पहुँच नपुगे पछि मोरङको पिछडिएको गाँउपालिका मिक्लाजुङ १ आईतबारेमा सौर्य उर्जा जडान गरिए गरेका छन । ए.डि.बी. र स्थानियको सहयोगमा ३० किलोवाडको सैर्य बिधुत जटान भए पछि विद्युतीय कामका लागि २६ किलोमिटर टाढा उर्लावारी सम्म धााउनु पर्ने बाध्यता हटेको छ ।
बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र तथा एशियाली विकास बैकको आर्थिक तथा प्राविधिक सहयोगमा मिक्लाजुगं गाउँपालिकाको वडा नम्बर १ का ६५ घर र गाँउ नै झलमल्ल भएको छ । उक्त सौर्य उर्जा जडान भए पछि २६ किलोमिटरको कच्ची सडक हुदै उर्लावारी सम्म धाउनु पर्ने समस्या हल भएको स्थानिय बताउछन । राष्ट्यि प्रशारणको लाइनको समस्या झेलि रहेका जनतालाई सानो राहत स्वरुप संसद डिग बहादुर लिम्बुको पहलमा कम्पोनेन्ट अन्र्तगत जिल्ला समन्वय समिति मोरगं र मिक्लाजुंग गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ७३ घर, १ वडा कार्यलय, १ स्कुल, ३ सहकारी र १ स्वास्थ चौकीलाई लक्षित गरि सौर्य उर्जा जडान गरिएको हो ।
डेढ वर्ष अघि सम्म विद्युत लाइन नभएको कारण उर्लावारी सम्म जानु पर्ने अवस्था झेल्दै आएकोमा सौर्य उर्जा जडान गरिएपछि मिक्लाजुंग १ आइतवारेका ६५ घर परिवारमा मात्र हैन घरेलु उद्योगहरु समेत सञ्चालनमा आएका छन । आइतबारे सौर्य उर्जा मिनी ग्रिड परियोजना सञ्चालनमा आएपछि विद्युतबाट हुने सबै काम गाउमै हुन थालेको ग्रिडका अध्यक्ष पर्वत राई वताउछन ।
सौर्य उर्जा जडान गरिएपछि गाउँमै कुटानी पिसानी मिल ,गृह उद्योग , फर्निचर उद्योग , देखि लिएर विद्युतसंग जोडिने व्यवसायीक कम्प्युटर कक्षा, विद्यालयमा कम्प्युटर कक्षा र वडा कार्यालयमा समेत कम्प्युटर जडान गरिएको छ । विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले पहिले नै कम्प्युटर उपलव्ध गराएपनि विद्युत लाइन नभएका कारण सञ्चालन गर्न नसकिरहेकोमा सौर्य उर्जा जडानपछि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको टाँडी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रितमकुमार राईले वताए । एक पटक जडान गरेको सैर्य उर्जाले ५ बर्ष सम्म बेट्रीमा कुनै समस्या नहुने र प्यानलमा २५ बर्ष ढुक्क हुने राईको भनाई छ ।
त्यसै गरी व्यवसायीक रुपमा कम्प्युटर कक्षा सञ्चालन गर्दै आएकी सरस्वती थापा मगर विगतमा थोरै पावरका सौर्य उर्जा प्रयोग गर्दा कम्प्युटर चलाउन नसकिरहेको समयमा अहिले व्यवसायीक कक्षा नै सञ्चालन गर्न सफल भएको वताउछीन । उनले पहिला पहिला विद्युतिय कामका लागि उर्लावारी जानु पर्ने बाध्यता रहेको तर अव गाँउमै उक्त सुबिधा हुन थालेको पनि जानकारी दिइन । एक करोडको लागत लागेको आइतवारे सौर्य उर्जा मिनी ग्रिडबाट उत्पादन हुने उर्जाको ४० प्रतिशत मात्र खपत हुँदा पनि आइतवारे क्षेत्रमा प्रयाप्त भएको अध्यक्ष राईले बताए ।
सौर्य उर्जा उपयोग गरे वापतको विल भुक्तानीका लागि समेत रिचार्ज प्रणाली अपनाइएका कारण टाढा धाउनु नपर्ने स्थानीयहरु वताउछन । सामान्य एक परिवारले ३ सयको रिचार्ज गदा १ बर्ष सम्म पुग्ने र कलकारखानाले २ सय देखि ५ सय सम्म प्रतिमहिना रिचार्ज गर्ने गरेको स्थानियको भनाईछ । राष्ट्रीय प्रसारणको लाईन छिन छिनमा जाने आउने गर्छ तर यो सैर्य उर्जा जडान गरे यता कहित्यै बिधुतको अभाव नभएको ब्यावसायी बताउछन ।