गोपाल काफ्ले पथरी / विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । नयाँ शक्ति पार्टी नगर समितिले त्यस्ता जनप्रतिनिधीको छानबिन गरि चाडो सुधार गर्नु पर्ने भन्दै पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइका छन । ज्ञापन पत्रमा विना काम तलब भत्ता बुझ्ने वडा सदस्य र कार्यापालिका सदस्यबाट रकम फिर्ता गर्न माग गरेको छ ।
नयाँ शक्ति पार्टी नगर संयोजक तारा दवाडीले नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै जनप्रतिनिधिलाई मासिक रुपमा प्रदान गरिने तलब भत्ता तत्काल खारेज गर्न समेत माग गरिन् । ज्ञापन पत्र मार्फत् नगरपालिकाभित्र रहेको अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्यालाई समाधान गर्छु भनी जनप्रतिनिधिले चुनावमा गरेको प्रतिबद्धता अनुरुप स्मरण गराउँदै दोहोरो स्वामित्व तत्काल समाधान गर्न संयोजक दवाडीले माग गरेकी छन । निर्वा्चित भएको डेढ वर्ष पुग्दा समेत सुकुम्बासी समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै बसोबासको आधारमा जग्गा वितरण गर्नुपर्ने ज्ञापन पत्रमा उलेख छ ।
ज्ञान नभएका कर्मचारी बर्खास्त गरी दक्ष प्राविधिक जनशक्ति तुरुन्त नियुक्त गर्न माग गर्दै नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई संयुक्त रुपमा बुझाईएको ६ बुँदे ज्ञापन पत्र बुझाएका छन । नगर र वडामा दक्ष जनशक्तिको कमीले जनताले दुःख पाएको भन्दै त्यस्ता कार्यमा ध्यानाकर्षण गराएको छ ।
नगरपालिकाले प्राथमिकताको आधारमा र मानव संसाधनको विकासका लागि बजेट विनियोजन नगरेको र असारको अन्त्यमा हुने विकासले समृद नहुने भन्दै त्यस्ता योजनाहरु तत्काल सञ्चालन गर्न माग गरिएको छ ।
नगरपालिकाले संचालन गरेका विकास योजनाहरुमा अनियमितता भएको भन्दै तत्काल ‘सेटिङ सिस्टम’ को अन्त्य गर्न नयाँ शक्ति पार्टी नगर संगठन विभाग प्रमुख एल वी भण्डारीले माग गरे ।
ज्ञापन पत्र बुझदै नगर प्रमुख राईले नगरले गरेका कार्यमा नयाँशक्ती पाटिले उढाएका सवालको प्रसंसा गर्दै नगरले के के गर्दै छ भनेर थाहा पाउन अनुरोध गरेका छन ।