मिस पथरीशनिश्चरे शुरु, दोश्रो अडिसन चैत ५ मा - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

मिस पथरीशनिश्चरे शुरु, दोश्रो अडिसन चैत ५ मा

        साइनो समचारदाता पथरी/ पहिलो मिस पथरीशनिश्चरेको पहिलो अडिसन सम्पन्न भएको छ । मोरङ्गको पथरीशनिश्चरेमा पहिलो पटक मिस पथरीशनिश्चरे सुन्दरी प्रतियोगिताको शुरु भएको हो । पहिलो मिस पथरीशनिश्चरे अडिसनमा १४ जनाको सहभागिता रहेको थियो । दोश्रो चरणको अडिसन चैत्र ५ गते मंगलवार गरिने प्रतियोगिता संयोजक सन्तोश राईले बताए ।


माउन्ट एभरेष्ट इन्टरटेनमेन्टको आयोजनामा शुरु भएको पहिलो मिस पथरीशनिश्चरे २०१९ लाई सिल्भर इन्टरटेन्मेन्ट को प्राविधिक सहयोगमा रहेको छ । दोस्रो अडिसन पश्चात् दुवै अडिसन वाट छनौट भएका मध्ये १५ जना सुन्दरीहरुलाई २५ दिनको वन्द प्रशिक्षण पश्चात आगामी नया वर्ष २०७६ को पहिलो सातामा ग्य्रान्ड फिनालेको आयोजना गरि ताज पहिर्याउने योजना रहेको आयोजक सुमन कुरुङवाङले वताए ।
अन्य छिमेकी पालिकाहरुले यस प्रकारको प्रतिस्पर्धाको आयोजना गरिसकेको अवस्थामा पथरीमा यो प्रतियोगीता आयोजना गर्नु अपरिहार्य रहेको महशुस गर्दै विविध चुनौतिका बावजुद यो प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक सन्तोष बान्तवा बताए ।


नगरमा पहिलो पटक हुन लागेको प्रतियोगिताका बिजेतालाई मिस पथरीशनिश्चरेको ताज सहित नगद ७५ हजार रुपैँया, एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । त्यसैगरी द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले वताएको छ ।
त्यसै गरि प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयका साथै फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व , मिस क्याटवक, बेस्ट फिगर,मिस ट्यालेन्ट, पब्लिक चोइज , बेस्ट हेयर स्टायल र बेस्ट स्माइल सहितको ८ बिधामा सहभागी गराई आठै विधामा जनही ८ हजारका दरले पुरस्कृत गरिने बताईएको छ । करिव १४ लाख रुपैयाँको खर्चमा सम्पन्न गर्ने योजना रहेको प्रतियोगितामा नगरमा स्थायी बसोवास गर्दै आएका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस इ इ उतिर्ण युवतीहरुले सहभागिता जनाएका छन ।

सम्बन्धित खवर