साइनो समचारदाता
पथरी । प्रदेश नम्बर १ स्तरीय नेपाली नृत्य प्रतियोगिता पथरी शनिश्चरे मोरङमा आयोजना हुने भएको छ ।
बैशाख १ गते सो प्रतियोगिता नेपाली भाषी भुटानी यूवाहरुको आयोजनामा हुन लागेको हो । सामुहिक र एकल दुई विधामा सम्पन्न हुने प्रतियोगिताका दुवै विधाका विजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । सामुहिक तर्पm प्रथम हुने समुहले १५ हजार १५ रुपैँया नगद सहित ट्रफि प्राप्त गर्ने छ भने दोश्रो हुने समुहले नगद १० हजार रुपैँया प्राप्त गर्ने छ । एकल तर्पm भने प्रथम पुरस्कार १० हजार रुपैँया र दोश्रो पुरस्कार ५ हजार रुपैँया नगद निर्धारण गरिएको प्रतियोगिता संयोजक करण राईले जानकारी दिए ।
प्रतियोगितामा निर्णायक कोरियोग्राफर गोविन्द राई, छमछमी रनर अप मनिता राईलगायत रहने आयोजकले जानकारी दियो । प्रतियोगिता बैशाख १ गते पथरी शनिश्चरे १० मा रहेको भूटानी शरणार्थी सिविरको विद्यालयमा संचालन हुनेछ । नेपाली भाषा, संस्कृति संरक्षण र सम्बद्र्धधनका निमित्त प्रतियोगिता आयोजना गरिएको संयोजक राईले बताए । अनुमानित २ लाख रुपैँया खर्च हुने कार्यक्रममा तेश्रो मुलुक पूर्नवास भएका नेपाली भाषी लगाायत स्थानीयको पनि सहयोग रहेको आयोजकको भनाई छ ।