लिम्बुवान स्पृङ आन्दोलन का ११ अभियन्ता प्रक्राउ - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

लिम्बुवान स्पृङ आन्दोलन का ११ अभियन्ता प्रक्राउ

 साइनो समाचारदाता राजारानी /धनकुटा 

प्रदेश न १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोलाइ कालो झन्डा देखाएको भन्दै ११ जना युबाहरुलाइ पक्राउ पारेका छन। आज राजारानी धनकुटा जारी किरात याक्थुङ चुम्लुङ्को कार्यक्रम स्थल बाट ती युबाहरुलाइ पक्राउ गरिएको हो। मन्त्री आङ्बोको सम्बोधन को क्रममा कालो झन्डा प्रदर्शन गरेकाले युवाहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय राजारानी का प्रहरी निरीक्षक मनोज कुमार यादवले जनाए । लिम्बुवान स्पृङ आन्दोलन का अभियन्ताहरुले लिम्बुवान बिरोधि नेताहरूलाइ बिरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार प्रदर्शन गरिएको बताइएको छ। पक्राउ पर्नेहरूमा झापा कन्काइ ७ का इकशा चेम्जोङ, भन्द्रपुर १०” का सङम सुभाङ, ताप्लेजुङ मैवाखोला ३ का बुद!वालिङ, भोजपुर बोयाका शुभास तामाङ, सुनसरी धरान ५ का मनिश भुजेल लगायत छन।

सम्बन्धित खवर