साइनो समचारदाता
काठमाडौं । आगामी वर्षका लागि कोरियाले १० हजार ५० नेपाली कामदारको कोटा दिएको छ । उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ ।
सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत्र ८ गतेदेखि खुला हुदैछ । १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले चैत १७ गतेसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सक्नेछन् । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सुरुआतमा दिनमा हतारिएरफारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ ।
यसवर्षबाट आईएमई–पे र ई–सेवाबाट पनि २४ डलर बराबरको शुश्क भुक्तानी गर्न सकिने छ । पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध गरेको छ । रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ ।
। अनलाइनबाटै फारम भर्न सकिने भएकाले इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन र्फम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भनर्नुपर्नेछ । उत्पादनमुलक क्षेत्रमा र्फम भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।
चैत ७ गतेदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न eoers.epsnepal.gov.np मा जानुपर्छ । फारम भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउनेछ । जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।
यो वर्षको परीक्षा २०७४ सालको जेठ २५ र २६ गते हुनेछ भने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत् प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् ।