स्प्रिङ आन्दोलनको घोषणा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

स्प्रिङ आन्दोलनको घोषणा


साइनो समचारदाता

धरान । सामाजिक सञ्जालमा जोडिँदै आएका लिम्बुवानवादी युवाहरूको जमातले लिम्बुवान स्प्रिङ आन्दोलनको घोषणा गरेको छ । लिम्बुवानविरोधी गतिविधि बढेकाले प्रतिरोधका लागि आन्दोलन घोषणा गर्नु परेको उनीहरूले बताएका छन् ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुवान स्प्रिङ आन्दोलनमा स्वतःस्फूर्त रूपमा लिम्बुवान युवा अभिायनकर्मीहरू सामेल भएको प्रष्ट पारेका छन् । विभिन्न सङ्घ सङ्गठनहरूमा आबद्ध र स्वतन्त्र गरी चार दर्जन बढी अभियन्ताहरूको नामावलीसहितको सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकाले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकहरूलाई हार्दिक आह्वान गर्दर्छौँ।’ यस आन्दोलनमा लिम्बुवान सङगठनमा आबद्ध कार्यकर्तासँगै हाल सत्ता पक्षनिकट अभियानकर्मीहरूको पनि बाहुल्यता छ । उनीहरूले पछिल्लो समय लिम्बुवानविरोधी चलखेल बढेकाले मुद्दा जोगाउन एक ठाउँ आउनु परेको बताएका छन् । ‘लिम्बुवान आन्दोलन चर्किरहँदा गुमनाम भएका अभियान र निर्जीव नामहरूलाई अगाडि सारेर ऐतिहासिक पहिचानलाई धराप पार्न लिम्बुवानविरोधी तत्वहरू सक्रिय भएकोले प्रतिरोधको अभियानमा सामेल हुन आम पहिचानवादी र लिम्बुवानवासी नागरिकहरूलाई हार्दिक आह्वान गर्दर्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘लिम्बुवानविरोधी हर्कतमा लागेका व्यक्ति, तत्व र समूहहरूलाई प्रश्रय दिइरहेकोप्रति पनि हाम्रो समूह घोर भत्सर्ना गर्दछ । लिम्बुवानविरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने व्यक्तिहरूलाई आजैबाट सशक्त बहिष्कारको अभियान पनि सुरु भएको सबैमा अवगत गराउँदछौँ ।’

सन् २०१० मा भएको अरब स्प्रिङ आन्दोलन यसैगरी सामाजिक सञ्जालबाट सुरु भएको थियो । जुन आन्दोलन नागरिक तहसम्म पुगेर अवज्ञा, प्रतिरोध र क्रान्तिको चरणसम्म फैलिएको थियो । लिम्बुवान स्प्रिङ आन्दोलबारे आफ्नो अवधारणा र औचित्य चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको अभियन्ता टङ्क सेलिङले बताए ।

सम्बन्धित खवर