साइनो समचारदाता
मिक्लाजुङ । टाङ्लुक्वा राई सेवा समाज नेपालको चौथो वार्षिक साधारणसभा मिक्लाजुङ–४ मुगुटार मोरङमा सम्पन्न भएको छ । सभामा भक्तबहादुर राईद्वारा लिखित किरात राईहरूको जन्मदेखि मृत्युसम्मको संस्कारहरू समेटिएको पुस्तक ‘थाप्सङ’ विमोचन गरिएको छ । कार्यक्रमका विशिष्ट अतिथि मुन्दुमी रामकृष्ण राईले पुस्तक विमोचन गरेका हुन् ।
शनिबारभ भएको कार्यक्रममा जेष्ठ नागरिकहरु खिनबहादुर राई (८५ वर्ष), वलबहादुर राई (८१ वर्ष), वीरबहादुर राई (८१ वर्ष), दिलप्रसाद राई (८१ वर्ष) लाई संस्थाका अध्यक्षः भक्तबहादुर टाङलुक्वाले दोसल्ला ओढाएर सम्मान गरिएको छ । सभाले नयाँ कार्य समिति पनि चयन गरिएको छ । समितिको अध्यक्षमाः सुभास राई, उपाध्यक्षमा भानुभक्त राई, सचिवमाः कमल राई, सहसचिवमाः मधुकुमारी राई, कोषाध्यक्षमाः नेत्रकुमारी राई श्रेष्ठ र सदस्यहरूमा मनोज राई, दुर्गा राई, बलहादुर राई चयन भएका छन् । थप एक जना सञ्चालक समितिले मनोनित गर्ने संस्थाले बताएको छ ।
संस्थाको प्रमुख कार्यालयः उर्लाबारी–४, मोरङमा रहेको छ । शाखा कार्यालय मिक्लाजुङ–४, मुगुटार, मोरङमा पनि रहेको छ ।