मोरङको पथरीशनिश्चरे–१ मा रहेको कन्तुर बहुउद्देश्यीय रहकारी संस्थाले आफ्नो १७ औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
स्थापना दिवशको अवसर पारेर संस्थाले खेलकुद, जेष्ट सदस्य सम्मान, उत्कृष्ट वचत, उत्कृष्ट ऋणी, उत्कृष्ट सदस्य विस्तार गर्ने सदस्यलाई सम्मान तथा पञ्चायत मा.वि र दुर्गा मा.विमा अध्यानरत शारीरिक रुपमा अशक्त विद्यार्थीहरुलाई विद्यालय पोसाक सहित शैक्षीक सामग्री वितरण गरेको छ । उत्कृष्ट ब्याक्तीहरुलाई सस्थाले सम्मानका साथ पुरस्कृत समेत गरेको थियो ।
त्यस्तै आ.ब.२०७४/७५ मा संस्थाको तर्फवाट रक्तदान गर्ने ८ जना शेयर सदस्यहरुलाई पनि प्रशंसा पत्र सहित सम्मान गरीएको थियो । नर्वदेश्वर शिवालय मन्दिरमा सम्पन्न कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि सस्थाका ज्येष्ठ शेयर सदस्य नेत्रबहादुर विष्टले गर्नु भएको थियो ।
१५ सय शेयर सदस्य रहेको संस्थाले स्थापना दिवसको अवसरमा पारेर पथरीशनिश्चरे क्षेत्रमा रहेका समाजका अशक्त बिध्यार्थीहरुमा सस्थाले सक्ने सहयोग गदै आएको र आगामी दिनमा सस्ता कार्यलाई निरन्तरता दिदै जाने अध्यक्ष ओम प्रसाद लिम्बुले बताए ।