साइनो समचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे–१० मा स्थापित केबी मेमोरियल बोडिङ हाई स्कुलमा २३ औं वार्षिक उत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथितिकी रुपमा रहेकी नगर पालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलाले आवश्यक परे नगरपालिकाले स्कलुलाई सक्दो सहयोग गर्ने बचन बद्धता जाहेर गरिन । कार्यक्रममा वर्ष भरीको प्रथम दोस्रो र तृतीय भएका विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र विद्यालयका भ्वाइस प्रिन्सिपल कुरुक्षेत्र नेपाल, शिक्षिका सम्झना घिमिरे चौहान र पूर्व शिक्षक झलक सुवेदीले संयुक्त रुपमा वितरण गरेका थिए । त्यससैगरी विद्यार्थी तर्फको हाजिरजवाफ टेबलटेनिस, चम्चा दौड, हिसाब दौड, चकलेट टेस्ट भलिबल प्रतियोगिता भएको थियो । त्यसरी अभिभावक तर्फको हाडी फुटाई, कुर्सी घुमाई, छेलो हनाई महिला पुरुष र हात खाली नगरी घर जाने कार्यक्रम जस्ता कार्यक्रम भएका थिए । कार्यक्रममा एकल गायन, नृत्य, विभिन्न मनोरञ्नात्मक साँस्कृतिक कार्यक्रम तथा विद्यायलका शिक्षक भूमिप्रसाद पाठकले लेखेको ‘छोरीलाई शिक्षा’ नाटक समेत देखाइएको थियो । सानासाना विद्यार्थीहरुको क्याटवकले अत्यन्तै आकर्षक अभिभावकलाई बनाएको थियो । कार्यक्रममा अथितिको रुपमा दोबाटेका निर्देशक हरेन्द्र खत्रीले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य विद्यालयको तर्फबाट भ्वाइस प्रिन्सिपन कुरुक्षेत्र नेपालले राखेको थिए । कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक निर्देशक पुष्पबहादुर चौहानले गरेको थिए । सो कार्यक्रम सञ्चालन प्रिन्सिपल किशोर खड्काले गरेका थिए ।