कानेपोखरीको सात जनालाई ज्यान मुद्धा तीन पक्राउ, चार फरार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

कानेपोखरीको सात जनालाई ज्यान मुद्धा तीन पक्राउ, चार फरार

साइनो समचारदाता
मोरङ । सामान्य रिसइविको कारण ज्यान मार्ने उद्योग गर्ने मोरङ कानेपोखरी—६ को सात जनालाई इलाका प्रहरी कार्यालय पथरीले ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको छ ।
छिमेकीको हत्या प्रयास गर्ने मध्ये डिकबहादुर खड्का, रोमन मगर र सुजन लिम्बू प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरु १८ देखि २० बर्ष उमेर समूहका रहेको छ । हत्या प्रयासमा संलग्न पथरी शनिशरे कुसेका हिले लिम्बू, प्रविण लिम्बू, आकाश लिम्बू र सनम नाम गरेको व्यक्तिहरु फरार रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
उनीहरुले कानेपोखरी—६ का सन्दिप राई, लोकेन्द्र मगर र सुमन मगरको हत्या प्रयास गरेका थिए । सुक्रबार कानेपोखरी—४, स्थित श्याम खड्काको घरमा पुजामा गएको मौका पारेर तीन जनालाई घेराहानी टाउकोमा रड प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोड भएको सन्दीप राई र लोकेन्द्र मगरको पथरी स्थित मोरङ नर्सिङ होममा उपचार संभव नभएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा रिफर गरिएको थियो । घाइते मध्ये सन्दिप राईको टाउकोमा एउटा नसा काटिएको पीडितको बाउ पंचबहादुर राईले बताए ।
कानेपोखरी—६ स्थित सन्दिप राईको घरछेउमा आएर गाँजा खाने गरिएपछि त्यहा आएर गाँजा प्रयोग नगर भनेकै रिसइविले राई र मगरमाथि सांघातिक आक्रमण भएको पीडित परिवारको भनाइ छ । राई र मगरलाई आक्रणम गर्ने व्यक्तिहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

सम्बन्धित खवर