माङगेनालुङ संरक्षण गरिने - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

माङगेनालुङ संरक्षण गरिने


साइनो समचारदाता
पान्थर । याङवरक गाउँपालिका २ स्थित माङगेना लुङको प्रवद्धन गर्ने भन्दै शनिबार मचिन्द्रप्रसाद बेघाको संयोजकत्वमा १३ सदस्यीय संरक्षण समिति गठन भएको छ । समितिको सदस्यहरुमा नरकुमार माङमु, सन्तोष सेलिङ, गलेन्द्र तावा, बुद्धि काम्बाङ, पूर्णहाङ लक्सम, कृष्णराज योङहाङ र बाबा मेन्याङबो रहेका छन् । यसैगरी, दिपेन्द्र योक्पाङदेन, जगेन्द्र इधिङगो, श्यामकुमार माबो र सन्तोष लिङदेन समेत समितिको सदस्यमा रहेका छन् । माङगेना लुङलाई लिम्बूहरुले पवित्र अराध्य स्थलको रुपुमा लिने र शिर उठाउने कार्यमा पुकार्ने गर्दछन् ।
बेघा थोबोजुमको आयोजनामा फिदिममा माङगेना लुङको विकास किन र कसरी ? भन्ने विषयमा भएको अन्तरक्रिया कार्यक्रमको निष्कर्षले समिति गठन गरिएको संयोजक बेघाले बताए । समिति मार्फत माङगेना लुङको विकास सम्बन्धी योजना निर्माण गरिने उनले जानकारी दिए । कार्यक्रममा सो स्थानलाई यक मान्ने विभिन्न थरिजन्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर