अग्रज पत्रकारिता पुरस्कारबाट साइनो खबरका प्रधान सम्पादक बेघा सम्मानित - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

अग्रज पत्रकारिता पुरस्कारबाट साइनो खबरका प्रधान सम्पादक बेघा सम्मानित

साइनो समचारदाता
पथरी । साइनो खबर डटकमका प्रधान सम्पादक फिपराज बेघा सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाङ्फे स्मृति पत्रकारिता पुरस्कारद्वारा वितरण गरिदै आएको अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।


शनिवार पत्रकारिताको माध्यमबाट समाज र खेल क्षेत्रलको विकास र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै पथरी स्पोर्टिङ क्लबको मातहत रहेको सो पुरस्कार प्रदान गरेको हो । बेघालाई क्लबका अध्यक्ष धनकुमार तामाङ र नगर प्रमुख दिलिपकुमार राईले सम्मान पत्र र नगद १० हजार १ नगदसहित सम्मान गरेको हो । क्लबले रातोकलम डटकममा प्रधान सम्पादक तेजन खड्कालाई पनि क्रियाशिल पत्रकारिता पुरस्कारबाट १० हजार १ नगदसहित सम्मान पत्रसहित सम्मानित भएका छन् । यस अघि चुमन बस्नेत र लोकबहादुर चौहानलाई सम्मान गरिएको र आगामी बर्षहरुमा पनि २ जना सञ्चारकर्मीहरुलाई सम्मान गर्दै जाने ‘स्व.सूर्यबहादुर सोम्याहाङ राई र स्व. जगतबहादुर सम्बाहाङ्फे स्मृति पत्रकारिता पुरस्कार’ अक्षय कोषका संयोजक गोपाल काफ्लेले जानकारी दिएका छन् ।
पथरी शनिश्चरे मोरङका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । पथरी शनिश्चरे–१ का अजय सेनले आफ्ना बाजे स्व. सूर्यबहादुर सोम्याहाङ राई र पथरी शनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाङ्फेले आफ्ना बुबा स्व. जगतबहादुर सम्बाहाङ्फेको स्मृतिमा सो पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

सम्बन्धित खवर