लायन्सद्वारा ह्विल चेयर वितरण - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

लायन्सद्वारा ह्विल चेयर वितरण


साइनो समचारदाता
पथरी । लायन्स क्लव अफ पथरी र लायन्स क्लव अफ योङहार्टले १ लाख ६० हजार मूल्य वरावरको ४ वटा ह्विल चेयर प्रदान गरेको छ ।
लायन्स क्लव अफ अन्र्तराष्ट्रियको सहयोगमा पथरी शनिश्चरे नगरमा रहेको दुई लायन्सको पहलमा शारिरिक रुपमा अशक्त रहेका नगरका ४ जनालाई ह्विल चेयर प्रदान गरेको हो । ह्विल चेयर प्राप्त गर्ने हरुमा वडा नम्वर ५ हसन्दहका ६३ वषर््ािय मोहन प्रसाद दंगाल, वडा नम्वर २ का ७३ वर्षीया मनमाया विश्वकर्मा, वडा नम्वर ९ का ५५ वर्षिय कुल वहादुर धिमाल र वडा नम्वर ६ का २५ वर्षिय वशन्त रोक्का रहेको लायन्स क्लव अफ योङहार्टका अध्यक्ष लायन केदार बोहोराले वताए ।

स्थापना कालदेखि लायन्सले नगर क्षेत्रमा रहेका गरिवी निवारण, शैक्षिक बिकाशका क्षेत्रमा र अन्य सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आएको र आउदा दिनमा समेत यस्तै कार्य अगाडी बडाउदै जाने लायन्सका अध्यक्ष उमेश खड्काले वताए । ह्विल चेयर वितरण कार्यक्रमको प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राईले लायन्सले गरेको कार्यले समाजमा सकारात्मक सन्देश बोकेको वताए । दुवै सस्थाले गरेको समाजिक कार्यमा हातेमालो गर्दै अगाडी बढ्न नगरपालिका तयार रहेको प्रमुख अथिति राई र विशिष्ठ अथिति नगर उप प्रमुख यमुना विष्ट वास्तोले प्रतिवद्धता जाहेर गरेका छन् ।

सम्बन्धित खवर