वडा नम्बर १ फाइनलमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

वडा नम्बर १ फाइनलमा


साइनो समचारदाता
पथरी । नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा वडा नम्बर १ विजयी भएको छ ।
स्थानीय पञ्चायत माविको खेल मैदानमा भएको खेलमा स्पर्धी वडा नम्बर ८ लाई १ को विरुद्ध ३ गोल गर्दै अन्तिम २ पुगेको हो । पहिलो हापमा वडा नम्बर १ का मन्दिप धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विजयी टिमले दोस्रो हापमा दाबा तामाङ र सुमन राई १÷१ गोल थरे भने पराजित टिमको तर्फबाट सौयराज राउतले सान्तवना गोल गरेका थिए । खोलको म्यान अफ द म्याच विजयी टिमका विशाल पाण्डे घोषित भए । उपाधिका लागि भोलि शनिवार वडा नम्बर १ वडा नम्बर ९ सँग आमुन्ने सामुन्ने हुनेछ ।
बुद्ध युथ क्लब पथरी शनिश्चरे २ को आयोजना हुदै गरेको प्रतियोगिता फागुन २५ गतेसम्म हुदैछ । १० टिम सहभागी हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । प्रतियोगिताको विजयीले नगद ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष मदन साम्पाङका अनुसार नगद पुरस्कारको प्रायोजन ब्रिटिस आर्मी ग्रुप युके र सिङ्गापुर पुलिस गु्रपले गरेको छ भने ट्रफिको प्रायोजन बाल्मीकि बोडिङ स्कुल गरेको छ । उपविजयीले ३१ हजार, ट्रफी प्राप्त गर्नेछन् । उपविजेताको नगद पुरस्कार हङकङमा कार्यरत किरण जबेगु र सिङ्गापुर पुलिसमा कार्यरत प्रदिप जबेगुले प्रायोजन गरेका छन् । पथरी शनिश्चरे २ का पूर्व खेलाडी जबेगुद्वय सहोदर दाजुभाइ हुन् । उपविजेतको ट्रफी रेडस्टार बोडिङले प्रायोजन गरेको छ । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गरेको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।

सम्बन्धित खवर