काग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ःसभापति देउवा - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

काग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ःसभापति देउवा

सम्मान पत्र सभापति सेरबहादुर देउबाबाट ग्रहण गर्ने क्रममा पत्रकार गोपाल काफ्ले ।

साइनो समचारदाता
विराटनगर । सभापति सेरबहादुर देउवाले प्रतिपक्षको भूमिकामा रहेको नेपाली काङ्ग्रेस अव सशक्त भूमिका निर्वाह गर्ने तयारीमा जुटेको जनाएका छन् ।
विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिक पत्रिकाको आठौँ वार्षिकोत्सव समारोहमा समाजिक सञ्जालमा सरकारले नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मूल्य र मान्यता विपरित रहेको बताउँदै सभापति देउवाले संघीयतालाई बलियो बनाउन सरकारले प्रतिपक्षको साथ र सहयोग लिएर हिड्न सक्नु पर्ने सुझाव दिएका छन् । प्रेस स्वतन्त्राविनाको लोकतन्त्रको महत्व नरहने बताउँदै देउवाले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको अन्योेश्रित सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नु पर्ने प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले वताएका छन् । सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रले दिएको योगदान सराहनीय रहेको बताउँदै मुलुकमा अव सबै किसिमको अप्ठ्यारो पार भइसकेकोले विकास र समृद्धिको यात्रामा सबैलाई अघि बढ्न मुख्यमन्त्री राईले आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का, हास्य कलाकार मनोज गजुरेल, गायक कलाकार रामा मण्डल, गायिका आनी छोइङ डोल्पा, डा.ज्ञानेन्द्रमानसिँह कार्की र संचारकर्मीद्वय कुमार लुइटेल र गोपाल काफ्ले, शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका र ग्रिनल्याण्ड कलेजसहित २१ जनालाई पुरस्कृत गरिएको छ ।

सम्बन्धित खवर