विद्यार्थीद्वारा महेन्द्र क्याम्पस सरसफाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

विद्यार्थीद्वारा महेन्द्र क्याम्पस सरसफाई

साइनो समचारदाता
धरान । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात राख्न गाउँ गाउँबाट दवाब दिनुपर्ने बताएका छन् ।
बुधबार किरात राई विध्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस धरान इकाइ सुनसरीको आयोजनामा संघको ९ औं राष्ट्रिय सम्मेलनको प्रचार स्वरुप आयोजित सरसफाई कार्यक्रममा अध्यक्ष राईले सो कुरा बताएका हुन । किरात कुनै जाति वा सम्प्रदाय नभएको उल्लेख गर्दै नेपालको इतिहास, भूगोल र सभ्यता भएको बताए । त्यो इतिहासको संरक्षण र सभ्यताको सम्झनाको लागि प्रदेशको नाम किरात राखिनुपर्ने अध्यक्ष राईले बताए ।
कार्यक्रममा संघको केन्द्रिय अध्यक्ष बिर्सिका राईले ९ औं राष्ट्रिय सम्मेलनको प्रचारको अभियानसँंगै प्रदेशको नाम किरात लेखाउन प्रदेश सभालाई दबाब दिन लागिरहेको बताए । विध्यार्थीहरुले पूर्वी नेपालको हरेक क्याम्पसहरु मार्फत विभिन्न कार्यक्रमहरुमार्फत् दवाव दिदै आएको बताए । कार्यक्रममा संघको निवर्तमान अध्यक्ष तथा यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, संघको वर्तमान उपाध्यक्ष जितेन राई, सहकोषाध्यक्ष सन्तोष मुक्मिन राई, क्याम्पस स्ववियु सभापाति सागर चेम्जोङ लिम्बू, सुनसरी जिल्ला अध्यक्ष समिप साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघको इकाइ अध्यक्ष हेमराज राईको सभापतित्वमा भएको थियो । विद्यार्थीहरुले क्याम्पस परिषर सफा गर्नुको साथै ५ वटा डस्टविन राखेको छ ।

सम्बन्धित खवर