साइनो समचारदाता
पथरी । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का संयोजक देवराज भण्डारी नेकपामा प्रवेश गरेको छ ।
मोरङको पथरीमा आयोजित कार्यक्रममा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल लगायत पार्टीका नेताहरुलेनवप्रबेसीलाई स्वागत गरेका छन् । भण्डारी स्थानीय चुनाबमा नया शक्ति पार्टीबाट नगरपालिकाका प्रमुखमा उम्मेदवार दिएका थिए । उनको साथमा पर्शु मिश्र, पूर्ण लिम्बुलगायत पनि प्रवेश गरेका छन् ।