आज वडा नम्बर ७ र ९ को भिडन्त - Sainokhabar
  • शुक्रबार, मङि्सर २२, २०८०

आज वडा नम्बर ७ र ९ को भिडन्त

वडा नम्बर ९ का खेलाडी ।

साइनो समचारदाता
पथरी । नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगितामा आज (मंगलबार) वडा नम्बर ७ र ९ भिड्ने भएको छ ।
स्थानीय पञ्चायत माविको खेल मैदानमा ३ वजेपछि सेमीफाइनलको यात्रा तय गर्न दुई टिम जुध्दैछन् । गत १९ गते वडा नम्बर ९ ले वडा नम्बर ४ लाई हराएको थियो । वडा नम्बर ७ वाइ पाएको टिम हो । उस्ले पहिलो पटक नगर कपमा खेल्न लागेको हो ।
बुद्ध युथ क्लब पथरी शनिश्चरे २ को आयोजना हुदै गरेको प्रतियोगिता फागुन २५ गतेसम्म हुदैछ । १० टिम सहभागी हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । प्रतियोगिताको विजयीले नगद ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष मदन साम्पाङका अनुसार नगद पुरस्कारको प्रायोजन ब्रिटिस आर्मी ग्रुप युके र सिङ्गापुर पुलिस गु्रपले गरेको छ भने ट्रफिको प्रायोजन बाल्मीकि बोडिङ स्कुल गरेको छ । उपविजयीले ३१ हजार, ट्रफी प्राप्त गर्नेछन् । उपविजेताको नगद पुरस्कार हङकङमा कार्यरत किरण जबेगु र सिङ्गापुर पुलिसमा कार्यरत प्रदिप जबेगुले प्रायोजन गरेका छन् । पथरी शनिश्चरे २ का पूर्व खेलाडी जबेगुद्वय सहोदर दाजुभाइ हुन् । उपविजेतको ट्रफी रेडस्टार बोडिङले प्रायोजन गरेको छ । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गरेको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।

सम्बन्धित खवर