साइनो समचारदाता
पथरी । नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगितामा वडा नम्बर १ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर १ लाई प्रतियोगिताको दाबेदारीको रुपमा पनि हेरिएको छ ।
उस्ले सोमबार वडा नम्बर १० पछि पार्दै १ को विरुद्ध ५ गोल गर्दै विजयी यात्रा प्रारम्भ गरेको हो । खेलको म्यान अफ द म्याच विजेता टिमका जर्सी नम्बर २३ का साइमन लिम्बु घोषित भए । उनले नगद १५ सय प्राप्त गरेका छन् ।
गत शुक्रबारदेखि सुरु भएको प्र्रतियोगिता स्थानीय पञ्चायत माविको खेल मैदान भइरहेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर ५, दोस्रो खेलमा वडा नम्बर ८, तेस्रो खेलमा वडा नम्बर ९ र चौथो खेलमा वडा नम्बर १ विजयी बनेको छ ।
बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले आयोजना प्रतियोयोगिताको खेल फागुन २५ गतेसम्म हुदैछ । १० टिम सहभागी हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । प्रतियोगिताको विजयीले नगद ५१ हजार, उपविजयीले ३१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।