पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

मोरङ्गको पथरी शनिश्चरेमा जारी नगर कप फुटबल प्रतियोगिताको आतबारको खेलमा वडा नं. ९ विजयी भएको छ । वडा नं. ९ ले वडा नम्बर ४ लाई १ का विरुद्ध ३ गोल गर्दैे दोस्रो चरणमा पुगेको छ ।

           पञ्चायत मावीको खेल मैदानमा सम्पन्न खेलमा दोस्रो हाफको ३३ औँ मिनेटमा दिपेश धिमाल, ३७ औं मिनेटमा विनोद राई र ४७ औँ मिनेटमा घनश्याम चौहानले गोल गर्दै वडा नम्बर ४ लाई पराजित गरेको हो । वडा नम्वर ४ का तर्फवाट खेलको ५५ औ मिनेटमा राहुल क्षेत्रिले १ मात्र सान्त्वना गोल गरेका थिए ।
आजको खेलकोे म्यान अफ द म्याच वडा नम्वर ९ का दिलिप धिमाल घोषित हुदै नगद १ हजार ५ सय र ट्रफि हात पारेका छन् भने म्यान अफ दि म्याचको पुरस्कार राष्ट्रिय फुटवल खेलाडी दिपक राईले प्रदान गरेका छन् ।


सोमवारको खेल वडा नम्बर १ र १० बीच हुने खेल संयोजक विक्की राईले बताएका छन् । बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडलमा चित्त बुझाउनु पर्ने छ। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक दिनको मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।

सम्बन्धित खवर