राजकीय सम्मानका साथ अधिकारीकिो अन्त्येष्टि गरिदै - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

राजकीय सम्मानका साथ अधिकारीकिो अन्त्येष्टि गरिदै

साइनो समचारदाता ।
काठमाडौं । संघीय सरकारले ८२ वर्षको उमेरमा निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रि परिषद् बैठकले राजकीय सम्मानका अधिकारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । अधिकारीको शनिबार राति ९ः३५ मा हृयाम्स अस्पतालमा ‘करेन्ट निमोनिया’ रोगको उपचार गराइरहेको बखत निधन भएको थियो । उनलाई दुई साताअघिदेखि अस्पतालमा राखिएको थियो । अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए ।
उनी १९९३ साल वैशाख २२ गते जन्मिएका थिए । अधिकारीले अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए । मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए । २०५६, २०६१ सालमा पनि अधिकारी अर्थमन्त्री भए । २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने । २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए । एक पटक पराजित भए ।
श्रद्धाञ्जलीका लागि राखिए पछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर