वडा नम्बर ८ विजयी - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

वडा नम्बर ८ विजयी

साइनो समचारदाता
पथरी । नगरस्तरीय चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको शनिवारको खेलमा वडा नम्बर ८ विजयी भएको छ । उस्ले वडा नम्बर ६ लाई सुन्यको विरुद्ध २ गोल लगाउँदै दोस्रो चरणमा प्रवेश गरेका छ । दोस्रो हापका ६२ औं मिनेटमा पञ्चलाल नुनिया र ७१ औं मिनेटमा सौरज राउतले १÷१ गोल गर्दै स्पर्धीलाई पाखा लगाएको थियो । खेलको म्यान अफ द म्याज नुनिया घोषित भए ।
स्थानीय पञ्चायत माविको खेल मैदान भइरहेको प्रतियोगिता अन्तरगत आइतबारको खेल वडा नम्बर ९ र ४ बीच खेल हुने खेल संयोजक विक्की राईले बताएका छन् ।
बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले आयोजना प्रतियोयोगिताको खेल फागुन २५ गतेसम्म हुदैछ । १० टिम सहभागी हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । प्रतियोगिताको विजयीले नगद ५१ हजार, उपविजयीले ३१ हजार प्राप्त गर्नेछन् । विजयीको पुरस्कार वाल्मीकि मेमोरियल बोडिङ स्कुल र उप विजेताको पुरस्कार ब्रिटिस आर्मी युके ग्रुपले प्रायोजन गरेको खेल संयोजक विक्की राईले जनाएका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वा्िधक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गर्ने भएको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।

सम्बन्धित खवर