मूख्य मन्त्री राई भने, ‘किरात प्रदेश प्रति कसैको असमति छैन’ - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

मूख्य मन्त्री राई भने, ‘किरात प्रदेश प्रति कसैको असमति छैन’

साइनो समचारदाता
धरान । किरात नामप्रति कसैको असहमति नभएको बताउँदै मुख्यमन्त्री राईले प्रदेशको नाम बारे प्रदेशका सांसद र पार्टी प्रमुखहरुसँग छलफल, परामर्श भइरहेको बताएका छन् । नाम विवाद रहित होस भन्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका केन्द्रीय नेताहरुसँग समेत छलफलमा रहेको उनको भनाई थियो । नेताहरुले यही नाम राख्न निर्देशन दिएको भन्ने हल्ला गतल भएको बताउँदै प्रदेशको नाम र स्थायी राजधानी तोक्दा सकेसम्म सबैको भावना समेट्ने प्रयास गर्ने राईले बताए । किरात राई यायोक्खाको १० औं महाधिबेशनमा उनले कठिन भएपनि प्रदेशको विकास र समृद्धिको लागि नाम सहमतिमै राखिने दाबी गरेका छन् । संघीयता कार्यान्वयन, नाम राख्ने जस्ता जटिल र ऐतिहासिक जिम्मेवारी लिन प्रतिस्पर्धाबाट आफू आएकोले सकेसम्म सहज रुपमा पुरा गर्ने बताए ।


प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले यायोक्खाले किरात पहिचानको कुरा भद्र र लोकतान्त्रिक पद्धतिले उठाउँदै आएको बताएका छन् । ‘म ब्राह्मण्डको छोरा भएपनि माझ किरातमा हुर्केको व्यक्ति हुँ’ सभामुख भण्डारीले भने ‘किरात कुनै एउटा जाति होइन, यो इतिहास, भूगोल र सभ्यता हो ।’ नाम राख्दा प्रदेशबासी आम जनताको भावनाको प्रतिनिधित्व गर्ने गरी पहल गर्ने भण्डारीको भनाइ थियो ।
संघीय सांसद सुदन किरातीले किरात सभ्यता, इतिहास र भूगोल भएकोले नाम राख्न कुनै कन्जुस्याइ गर्न नहुने बताए । संघीय सांसद हेमकुमार राई (सुरवीर)ले किरात नामको कुनै विकल्प नभएको तर्क प्रस्तुत गर्दै सोही नाममा सहमति जुटाउन मुख्यमन्त्री र सभामुखलाई सुझाव दिए । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले शेरधन राईले किरात पहिचान जोगाउनेमा आपूm आशावादी भएको बताए । किरात नाम राखिए मुख्यमन्त्री र सभामुखको प्रदेशभर शालिक राखिने र नराखेमा जीवनभर आरोप चिर्न तयार हुनेपर्ने उपाध्यक्ष छन्त्यालको भनाइ थियो । पहिचान विनाको नाम राखिए त्यही दिनदेखि आन्दोलन सुरुहुने छन्त्यालले बताए । नेपाली कांग्रेस सम्बद्ध प्रदेश सभा सदस्य प्रकाशप्रताप हाङ्नाम, सुनुवार सेवा समाजका केन्द्रीय उपाध्यक्ष शान्तकुमारी राई, यायोक्खा केन्द्रीय सल्लाहकार चन्द्रविक्रम राई, यायोक्खा वेलायतका अध्यक्ष कल्पना राई, किरात खम्बु राई संस्कृतिक संस्था दार्जेलिङ भारतका अध्यक्ष ताराकुमार राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यायोक्खाको १० औं महाधिबेशन सुरु


‘इतिहास, भुगोल, संस्कृति र सभ्यताको सम्मान १ नम्वर प्रदेश किरात प्रदेश समग्र देशबासीको आव्हान’ भन्ने मूल नारासहित किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन धरानमा शुरु भएको छ । विभिन्न जिल्लाबाट आएका किरात अभियान्ताहरुले नगर परिक्रममा गर्दै किरात प्रदेशको माग नारामा घन्काएका थिए ।
बालकदेखि वृद्धासम्म यायोक्खाको झण्डा बोक्दै १ नम्वर प्रदेश किरात प्रदेश नामाङ्कन हुनै पर्छ भन्ने नारा बुलन्द गरेका थिए । इतिहासमै ९ लाख किरात भनेर विभिन्न शास्त्रमा उल्लेख गरिएको तथ्य हुँदाहुँदै १ नम्वर प्रदेशको नाम किरात प्रदेश राख्दा अनुचित नहुने विश्लेषकहरुको भनाइ छ । किरात मुन्धुमीहरुले पनि किरात नाम उल्लेख गरेर जाँदा इतिहासको सम्मान हुने, पहिचानवादी नेपालीहरुको भावना कदर हुने बताइएको छ । बन्दसत्र भोलि र पर्सी धरान अतिथि सदनमा हुने उपमहासचिव भीम राईले बताए । बन्दसत्रले संस्थाको सांगठानिक, आर्थिक, राजनीतिक प्रतिवेदन बारे छलफल गर्दै नयाँ नेतृत्व चयन गरेर समापनहुने उपाध्यक्ष दिवस राईले बताए ।
महाधिवेशनमा ३२ जिल्ला कार्य समिति, २६ भाषिक संस्था, ८ भातृ संस्थाहरु र १७ देशका शाखाबाट करिब एक हजार प्रतिनिधि पर्यवेक्षक सहभागि हुने महासचिव विवश राईले जानकारी दिए ।

सम्बन्धित खवर