साइनो समचारदाता
पथरी । ‘हाम्रो नगर हाम्रो शान, खेलकुद विकास हाम्रो आह्वान’ भन्ने नाराको साथ पथरी शनिश्चरे मोरङमा नगरस्तरीय चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
स्थानीय पञ्चायत माविको खेल मैदान भएको खेलमा वडा नम्बर ३ लाई सडन डेथमा ५ को विरुद्ध ६ गोल लगाउँदै वडा नम्बर ५ दास्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा १÷ १ गोल भएपछि खेल, ट्राइबेकर हुदै सडन डेथमा पुगेको थियो । अत्यन्तै प्रतिपर्धात्मक खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का जर्सी नम्बर २५ का नवीन धिमाल घोषित भए । उनले नगद १५ सय प्राप्त गरेका छन् । विजयी वडा नम्बर ५ ले वडा नम्बर ४, ९, ७ मध्ये एक टिमसँग फागुन २३ स्पर्धा गर्नुपर्नेछ । शनिवारको खेल वडा नम्बर ६ र ८ वीच हुने खेल संयोजक विक्की राईले जनाए ।
बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले आयोजना प्रतियोयोगिताको खेल फागुन २५ गतेसम्म हुदैछ । १० टिम सहभागी हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । प्रतियोगिताको विजयीले नगद ५१ हजार, उपविजयीले ३१ हजार प्राप्त गर्नेछन् । विजयीको पुरस्कार वाल्मीकि मेमोरियल बोडिङ स्कुल र उप विजेताको पुरस्कार ब्रिटिस आर्मी युके ग्रुपले प्रायोजन गरेको खेल संयोजक विक्की राईले जनाएका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गर्ने भएको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।