हात्तीपाइले रोग निवारण कार्यक्रम पथरीमा प्रभाबकारी बन्दै - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

हात्तीपाइले रोग निवारण कार्यक्रम पथरीमा प्रभाबकारी बन्दै

साइनो समचारदाता
पथरी । हात्तीपाइले –फाइलेरिया) रोग निवारण कार्यक्रम मोरङको पथरी शनिश्चरे नगरपालिकामा प्रभावकारी बन्दै गएको छ । विगतको कार्यक्रमभन्दा यसपटक प्रभावकारी बन्दै गएको तथ्याङ्कले बताइएको छ ।
नगरपालिकामा २ दिनमा साढे ८ हजारले हात्तीपाइले विरुद्धको औषधि खाएको तथ्याङक नगरपालिकामा रहेको छ । फागुन १५ गते १० वटा केन्द्रमा र १६ गतेदेखि घरघरमा स्वास्थ्यकर्मी खटेर औषधि खुवाउने अभियानमा २ दिनमा ८ हजार ५ सय १९ जनाले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । उनले प्रत्येक वडामा उत्साहपूर्वक औषधि सेवन गरिएको वताए । औषधिले समस्या गर्छ भन्ने भ्रम पनि हटेको उल्लेख गरे । १० वडा रहेको नगरमा प्रत्येक वडामा ४ जनाका दरले घर घरमा औषधि खुवाउन स्वास्थ्यकर्मीलाई खटाइएको छ । १६ हजार ६ सय ५० घरधुरीमा ८० हजार ६ सय ५ जनसंख्या रहेको नगरमा यसअघि २६ जनामा हात्तीपाइलेको जिवाणु फेला परेको थियो ।

सम्बन्धित खवर