किरात प्रदेश नभए विशिष्ट प्रकारको आन्दोलन हुने - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

किरात प्रदेश नभए विशिष्ट प्रकारको आन्दोलन हुने


साइनो समचारदाता
सुनसरी । किरात राई यायोक्खले आफ्नो १० औ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
किरात राई समुदायको साझा संस्था यायोक्खाको राष्ट्रिय महाधिवेशन फागुन १८, १९ र २० गते सुनसरीको धरानमा हुदैछ । विहिबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी पुरा भएको सो संस्थाले जानकारी गराएको हो ।
महाधिवेशनमा २६ वटा जिल्ला समितिहरु, २८ वटा भाषिक र आठ वटा भातृ संस्थाहरु र १७ वटा देश एक हजार प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने महाधिवेशन आयोजक समितिका अध्यक्ष तिलक राईले बताए ।
प्रचारप्रशारको लागि फागुन १५ गते वृहत मोटरसाइलक ¥याली गरेर विराटनगर पुगी प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीलाई प्रदेशको नाम किरात राख्न स्मरण पत्र बुझाइएको अध्यक्ष राईले बताए । सभामुखले किरात नाम तर्क, तथ्य र आधार रहेकाले समन्वयको भूमिका खेल्ने आश्वासन दिएको पत्रकारहरुलाई जानकारी गराए ।
किरात प्रदेश नामकरणकै अभियान स्वरुप धरानमा १० वटा प्यारा ग्याइडिङमार्फत् पुष्प वृष्टि गराएको, ३० जनाको सहभागितामा हाइकिङ्गमार्फत् पर्चा वितरण गराएको, साढे चार सयको संख्यामा धरान रन, ५ टिमको सहभागितामा फुटसल प्रतियोगिता गराउनुको साथै ५० जनाको संख्यामा साइकिलिङ तथा बास्केट बल प्रतियोगिता गरिएको यायोक्खाले जनाएको छ । किरात प्रदेश नामकरणकै लागि रचनात्मक क्रियाकलाप गरिएको आयोजक समितिले जनाएको छ । सम्मेलनको प्रचारप्रशारको लागि धरान सुनसरीमा १८ वटा, मोरङ, झापामा समेत स्वागत गेट निर्माण गरिएको जनाएको छ । सुनसरी इटहरीको मु्ख्य चौकमा किरात प्रदेश र महाधिवेशनको लागि होडिङ बोर्ड राखिएको समेत यायोक्खाले जनाएको छ । जिल्लाहरुमा भित्ते लेखन गर्नुको साथै २५ हजार पर्चा र १० हाजर पम्प्लेट छापेर वितरण भएको प्रचारप्रशार विभाग प्रमुख भीम राईले बताए ।


महाधिवेशनको लागि साढे २८ लाख अनुमान बजेट राखिएको र रकम यायोक्खाको जिल्ला, भाषिक, भातृ संगठन, विदेश शाखा तथा सम्बन्धन प्राप्त संस्थाहरु र प्रतिनिधि÷पर्यवेक्षकहरुबाट उठ्ने लेवि तथा दायित्वबाट संकलन गरिने जानकारी गराउद गराए ।
फागुन १८ गते हुने उद्घाटनमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, अर्थमन्त्री इन्द्र आङ्बो, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश सभाका नेता राजिव कोइराला, संघीय समाजवादी फोरमका प्रदेश संसदीय दलको नेता जयराम यादवलगायतले सम्बोधन गर्ने यायोक्खाले जनाएको छ । उद्घाटन अघि विभिन्न जातीय झाँकीसहित धरान नगर परिक्रमा गर्ने जनाएको छ । कार्यक्रममा एक लाख भन्दा बढी जनसहभागिता गराउने जनाइएको छ ।
महाधिवेशनले किरात नामकरणको लागि निरन्तर पहल गर्ने र नाम किरात नराखिएको आन्दोलनको रुपरेखा तयार गर्ने बिषयमा छलफल गर्ने जनाएको छ । किरात राई समुदायको भाषिक, सांस्कृतिक अधिकार, समावेशी, समानुपातिक राज्य व्यवस्थाको लागि मूख्य पहल गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष तिलक राई, उपाध्यक्षहरु दिवस राई, ज्ञानबहादुर राई, उपमहासचिवहरु भीम राई, जनक राई, तिलकप्रसाद राई, किरात राई विद्यार्थी संघको निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई, यायोक्खा केन्द्रीय सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर