मन्त्रीसहित ७ जनाको शब काठमाडौंमा - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

मन्त्रीसहित ७ जनाको शब काठमाडौंमा

साइनो समचारदाता

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ ।


विहिबार मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट अपराह्न १ बजेर २५ मिनेटमा ती शव काठमाडौं ल्याएको हो । विमान स्थलमा ल्याएपछि शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । ताप्लेजुङबाट काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रभाकर केसी, युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ, धु्रबदास भोछिभोय र अर्जुन घिमिरेको मृत्यु भएको हो ।

सम्बन्धित खवर