
साइनो समचारदाता
ताप्लेजुङ । एयर डाइनेष्टीको हेलिकोप्टर बुधबार दुर्घटना हुँदा सात जनाको मृत्युभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रभाकर केसी, युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ, धु्रबदास भोछिभोय र अर्जुन घिमिरेको मृत्यु भएको हो ।

युवराज दाहाल दमक नगरपालिका (झापा) का पूर्व कार्यकारी अधिकृत, प्रधानमन्त्री केपी ओलीका निजी सचिव एवम् प्रधानमन्त्री कार्यालयका उपसचिव हुन् । आङ्छिरिङ शेमा यति एयरलाइन्सका मालिक तथा पर्यटन व्यवसायी हुन् । वीरेन्द्रप्रसाद श्रेष्ठ नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक हुन् । अर्जुन घिमिरे मन्त्री अधिकारीका निजी अंगरक्षक हुन् ।

प्रभाकर केसी हेलिकप्टरका क्याप्टेन हुन् । भोछिभोय प्राधिकरणका निर्देशक हुन् । उनीहरु मध्ये मन्त्री अधिकारी र भोछिभोयबाहेकको शव पहिचान गर्न नसकिएको अवस्थामा रहेको गृह प्रबक्ता रामकृष्ण सुबेदीले जनाएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । फुङ्लिङ–१० मायम सिरानमा पर्ने सो स्थान ताप्लेजुङको सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरी पर्छ । साँढे १ वजे दुर्घटना भएको वताइएको छ । अहिले पानी र कुहिरो लागिरहेको फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले जनाए ।
ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले दुर्घटनाबाट पूर्ण विवरण आउन बाँकी रहेको जानकारी गराइन् ।
टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट बुधबार बिहान ८ बजे गएको थियो ।१० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे। एयरपोर्ट अवलोकन सकेर टोलीले पाथीभरा दर्शन गरेका थिए । दर्शन गरेपछि दुर्घटना भएको थियो ।