मन्त्री सवार हेलिकप्टर दुर्घटना, तीन शब फेला - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

मन्त्री सवार हेलिकप्टर दुर्घटना, तीन शब फेला

मन्त्री अधिकारी

साइनो समचारदाता
ताप्लेजुङ । एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बुधबार भेटिएको छ । दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । सो स्थान ताप्लेजुङको सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरी पर्छ । दुर्घटनास्थलबाट तीन शब फेला परेको छ ।
ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईका अनुसार दुर्घटनास्थलमा तीन वटा जलेको शव फेला परेको हो । पूर्ण विवरण आउन बाँकी रहेको जानकारी गराउँदै उनले शव डढेका कारण पहिचान हुन सकेको बताइन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।
हेलिकप्टरमा एयरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रभाकर केसी, युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ र अर्जुन घिमिरे सवार रहेको वताइएको छ । टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट आज बिहान ८ बजे गएको थियो ।

सम्बन्धित खवर